2 years ago
May 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा नेपाल एपिएफ क्लबले राउण्ड रोबिन चरणको सबै खेलमा जित दर्ता गरेको छ । लगातार तीन जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको एपिएफले बिहीबार चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो ।
सुदुरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदै पुरा गर्यो । कप्तान सिता राना मगर सहित शीर्ष क्रमका ब्याटर चल्न नसकेपनि एपिएफले बाजी मार्यो ।
सिताले ५ र इन्दु वर्माले ४ रन बनाएर आउट भएपछि ममता चौधरी र सरिता मगरले इनिङ उकासे । ममता ३४ बलमा ४ चौका प्रहार गर्दै ३२ रन बनाएर अविजित रहिन् । सरिताले ३० बलमा ३ चौका सहित १९ रन जोडिन् ।
त्यसअघि रोमा थापाले २० बलमा ४ चौका सहित २३ रन जोडेको थिइन् । ओपनर राजमति ऐरीले ११ रन बनाइन् ।
सुदुरपश्चिमका लागि लक्ष्मी साउदले २ विकेट लिइन् भने जानकी थला, कविता जोशी, ऋतु कनोउजिया, स्नेहा महरा र विन्दु रावलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन जोड्यो । सुदुरपश्चिमका लागि कप्तान विन्दु रावलले ५१ बल खेल्दै १ चौका र १ छक्का सहित सर्वाधिक ३६ रन बनाए ।
यस्तै ओपनर रुबी पोडार र कविता जोशीले समान २९-२९ रन बनाए । रुबीले ३६ बल खेल्दै ४ चौका प्रहार गरिन् भने कविताले २८ खेलमा २ चौका प्रहार गरिन् ।
एपिएफका लागि रेखा रावल र इन्दु वर्माले समान १-१ विकेट लिए ।
एपिएफको ४ खेलमा ८ अंक भएको छ । सुदुरको ३ खेलमा ४ अंक छ भने समान ३ खेलमा नै ललितपुर मेयर्स-११ र कोशी प्रदेशको समान २-२ अंक छ । कोशी प्रदेश अंकविहिन छ ।
प्रतियोगितामा आज दिनको दोस्रो खेलमा ललितपुर मेयर्स-११ र कोशी प्रदेश भिड्ने छन् । भोलि हुने लिग चरणको अन्तिम खेलमा सुदुरले बागमती प्रदेश भिड्ने छन् ।
५ टोली समामिलित प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा खेलाइदै छ भने शीर्ष दुई आउँदो शनिवार फाइनल खेल्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]