9 years ago
February 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दोस्रो दृष्टिबिहिन टि ट्वान्टी विश्व कपमा अर्काे खराब प्रदर्शन गर्ने क्रममा शुक्रबार दाबेदार मध्येको पाकिस्तानसँग १० विकेटको फराकिलो हार बेहारेको छ । चौथो खेलमा नेपालको यो तेस्रो हार हो ।

यस अघि अष्टे«लियासँग खेल पनि नेपालले १० विकेटले गुमाएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भएको नेपालले दक्षिण अफ्रिकालाई बिहीबार ६ विकेटले हराएको थियो ।
हारका वावजुद नेपालले पाकिस्तानविरुद्ध अहिले सम्मकै उच्च योगफल बनाएको छ । दिल्ली बिकास प्राधिकरण (डिडिए) को मैदानमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय १८ रन बनाएको थियो । यसअघि पाकिस्तानसँग दुई भेटमा नेपालको स्कोर यो भन्दा कम थियो ।
नेपालले यस अघि सन् २०१२ मा भएको पहिलो टि ट्वान्टी विश्वकपमा नेपालले पाकिस्तानविरुद्ध ९३ रन बनाएको थियो । गत बर्ष भएको एसिया कपमा ८४ रन मात्र जोड्न सकेको थियो ।
पाकिस्तानले ७.५ ओभरमा बिना कुनै क्षति लक्ष्य भेट्टायो । पाकिस्तानका लागि सुरुवाती ब्याट्सम्यान रीयासत खानले २० बलमा ५६ रन बनाए । माती उल्लाहले ३५ बलमा ५० रन जोडेका थिए । नेपालका लागिसुनिल थापा मगरले ४० बलमा ७ चौकासहित ४० रन बनाए । त्यस बाहेक सुरुवाती ब्याट्सम्यान रमेश बहादुर बानियाँले १५ रन तथा लोक बहादुर थापा र पदम बहादुर बडैलाले समान १० रन जोड्दा अन्य नेपाली ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । कप्तान किर्तन श्रेष्ठ दुवालले सात रन जोड्दा सुनिल सुबेदी क्षेत्री र बद्रि चौलागाईले दुईदुई रन जोडे । बलिङतर्फ पाकिस्तानका सना उल्ला खान एक्लैले दुई विकेट लिएका थिए ।
‘पाकिस्तान प्रतियोगिताकै उपाधि दाबेदार टोली हो । त्यस्तो टोलीविरुद्ध हामीले आफ्नो टोलीको प्रदर्शन सुधार गरेका छौं । पहिलेको भन्दा अहिले बढि योगफल जोड्न सफल भएका छौं’, नेपाली टोलीका ब्यवस्थापक निरोज गिरीले भने, ‘त्यसैले पराजयका बाबजुद टोलीको प्रदर्शनलाई लिएर खुसी छौं । यो प्रदर्शनले आगामी खेलमा पनि उत्कृष्ट प्रदर्शनका लागि मद्धत पुग्ने छ ।’
नेपालले शनिबार वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । वेस्ट इन्डिजविरुद्धको खेल मुम्बई स्थित एमआईजी मैदानमा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]