2 years ago
May 24, 2024
ह्युस्टन (हाम्रो खेलकुद) – बंगलादेशलाई लगातार दोस्रो खेलमा स्तब्ध पार्दै अमेरिकाले ३ खेलको टि ट्वान्टी शृंखला एक खेल अगावै जितेको छ ।
प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा अमेरिकाले बंगलादेशमाथि ६ रनको जित दर्ता गर्दै शृंखला कब्जा गरेको हो ।
अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदै १ सय ३८ रनमा समेटियो । बंगलादेशका कप्तान नजमूल होसेन शान्टोले ३४ बल खेल्दै सर्वाधिक ३६ रन बनाए । सकिब अल हसनले २३ बलमा ३० रन जोडे । टोवहिद हृडोयले २१ बलमा २५ रन बनाए ।
अमेरिकाका लागि पेसर अलि खानले ३.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै सौरभ नेत्रभाल्कर र श्याडली भान शाल्कविकले समान २ विकेट लिँदा जस्दिप सिग्न र कोरी एन्डरसनले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । अमेरिकाका लागि कप्तान मोनान्क पटेलले ३८ बल खेल्दै सर्वाधिक ४२ रन बनाएका थिए । एरन जोन्सले ३४ बलमा ३५ रन बनाउँदा अर्का ओपनर स्टेभन टेलरले ३१ रन जोडे ।
बंगलादेशका शोरीफूल इस्लाम, मुस्तफिजुर रहमान र ऋषाद होसेनले समान २ विकेट लिएका थिए ।
शृंखलाको पहिलो खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो । अन्तिम खेल शनिबार हुनेछ ।
बंगलादेश आउँदो टि-२० विश्वकपमा नेपाल सम्मिलित समूहमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]