default_image

3 weeks ago

June 2, 2024

सह-आयोजक अमेरिकाको सानदार जित

2516 views

0 Bookmark

डल्लास (हाम्रो खेलकुद) – वेस्ट इन्डिज र अमेरिकामा सुरु भएको आइसिसी टि-२० विश्वकप २०२४ मा सह-आयोजक अमेरिकाले सानदार सुरुवात गरेको छ । डल्लास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको उद्दघाटन खेलमा अमेरिकाले क्यानाडा माथि ७ विकेटको सानदार जित दर्ता गरेको हो ।

क्यानाडाकाले दिएको १९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा सो लक्ष्य पूरा गर्यो । एरन जोन्स र एनड्रीस गुसको १३१ रनको विष्फोटक साझेदारीले खेल क्यानडाको हातबाट टाढा लगिदियो ।

जोन्सले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा ९४ रन बनाउँदै अविजित रहे । गुस भने ४६ बलमा ७ चौका र ३ छक्का सहित ६५ रन बनाएर आउट भएका थिए ।

ओपनर स्टेभेन टेलर शून्यमा पेभेलियन फर्किएपछि अमेरिका केही दवावमा आएको थियो । अर्का ओपनर मोनांक पटेल पनि १६ रन बनाएर आउट भएपछि अमेरिकाको स्कोर ४२-२ रहेको थियो । तर तेस्रो विकेटको विशाल साझेदारी पछि अमेरिका जिततर्फ लम्किएको थियो । अमेरिकाका कोरी एन्डरसन ३ रन बनाएर अविजित रहे ।

क्यानाडाका लागि कलीम सना, डिलन हेलिगर र निखिल दत्तले समान १-१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन जोडेको थियो । क्यानाडाका लागि नभनित धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए ।

यस्तै निकोलस किर्तनले ३१ बलमा ५१ रन बनाउँदै अर्धशतक पुरा गरे । एरन जोन्सनले २३, दिलप्रित सिंहले ११ तथा पर्गत सिंहले ५ रन बनाए ।

अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरी एन्डरसनले १-१ विकेट लिए ।

अमेरिका र क्यानाडा रहेको समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड समेत रहेका छन् । विश्वकपको दोस्रो खेलमा आईतवार नै नेपाली समय अनुसार बेलुका ७:१५ बजे वेस्ट इन्डिज र पपुवा न्यूगिनी भिड्ने छन् ।

June 23, 2024

इङ्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा

एजेन्सी – अमेरिका विरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले आइतबार अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस […]

June 23, 2024

अष्ट्रेलियाविरुद्ध अफगानिस्तानको पहिलो जित

एजेन्सी – अष्ट्रेलिया माथि सानदार जित दर्ता गर्दै अफगानिस्तानले आइसिसी टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । आफ्नो इतिहासमा अष्ट्रेलिया विरुद्ध पहिलो जित दर्ता गर्ने क्रममा अफगानिस्तानले शनिबार २१ रनको जित हासिल गरेको हो । अफगानिस्तानको जित पछि सुपर एट समूह १ बाट सेमिफाइनल पुग्ने दौड रोचक बनेको छ । भारतको २ खेलबाट […]

June 22, 2024

बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल नजिक

एजेन्सी – भारत आइसिसी टि-२० विश्वकपको सेमिफाइनलको निकै नजिक पुगेको छ । सुपर एट चरण अन्तर्गत बंगलादेश माथि ५० रनको फराकिलो जित दर्ता गर्दै भारत सेमिफाइनलको निकै नजिक पुगेको हो । आईतवार बिहान अष्ट्रेलियाले अफगानिस्तान माथि जित दर्ता गरेका भारतको सेमिफाइनलमा स्थान पक्का हुनेछ । सो नतिजा आएमा भारत र अष्ट्रेलिया बीचको खेलले समूह विजेता […]

Success

Thank you for your time.