2 years ago
June 4, 2024
डालास (हाम्रो खेलकुद) – नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ । अमेरिकाको डालास शहर स्थित ग्राण्ड प्रेरी मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रनको सामान्य योगफलमा समेटियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए । अर्कोतर्फ इनिङको मध्यभागमा लगातार विकेट खसेपछि उनले राम्रो साथ भने पाउन सकेनन् ।
नेपालले सुरुवातमै दुई विकेट गुमाउन पुगेको थियो । नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्र गुमाएको थियो । खराब सुरुवाट पछि कप्तान रोहित पौडेल एकतर्फ डटेर क्रिजमा रहिरहे ।
ओपनर आसिफ दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिन्गलको बलमा सट थर्ड म्यानमा भिभियन किन्ग्माद्वारा क्याच आउट भए । उनले ८ बलमा ४ रन बनाए । तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल लोगन भ्यान बिकको शिकार बने । उनलाई भ्यान बिकले एलबिडब्लु शिकार गराए ।

तेस्रो विकेट पनि प्रिन्गलले नै लिए । आठौ ओभरको चौथो बलमा अनिल स्विप सट खेल्ने क्रममा इस्वेर लेगको फिल्डर लोगन भ्यान बिकद्वारा क्याच आउट भए । अनिलले १२ बलमा २ चौका सहित ११ रन बनाए ।
केहि आशालाग्दो सुरुवात गरेका कुशल मल्लले पनि ठुलो स्कोर बनाउन सकेनन् । उनलाई पल भ्यान मिकरनले १०औ ओभरमा म्याक्स ओ’डाउडको हातबाट ९ रन बनाउँदा क्याच आउट गराए । दीपेन्द्र सिंह ऐरी १ रन बनाएर बास डे लिडेको बलमा स्लिपमा क्याच आउट भए ।
सोमपाल कामीलाई १४औ ओभरमा भ्यान मिकरनले शुन्यमा बोल्ड गरे । त्यसपछि सातौँ विकेटका लागि रोहित र गुलशन झा मिलेर सम्हालिएको ब्याटिङ गरेका थिए । सो साझेदारी प्रिन्गलले १६औ ओभरमा रोहितलाई आउट गरेर तोडे ।

करण केसीले केहि विष्फोटक अन्त्य गर्ने प्रयास गरे । १२ बलमा २ छक्कासहित १७ रन बनाएर उनी १९औ ओभरमा डे लिडेको शिकार बने । गुलशनलाई भ्यान बिकले १५ बलमा १४ रन बनाएको अवस्थामा बोल्ड आउट गरे । अविनाश बोहोरा पनि भ्यान बिकद्वारा पहिलो बलमा शुन्यमा बोल्ड भए ।
नेदरल्याण्ड्सका लागि टिम प्रिन्गल र लोगन भ्यान बिकले समान ३-३ विकेट लिए । प्रिन्गलले ४ ओभरमा २० रन दिए भने भ्यान बिकले ३.२ ओभरमा १८ रन दिए । भ्यान मिकरन र डे लिडेको नाममा २-२ विकेट रह्यो । भ्यान मिकरनले ४ ओभरमा १९ रन खर्चिंदा डे लिडेले ४ ओभरमा १ मेडन सहित २२ रन दिए । भिभियन किङ्गमाले ४ ओभरमा २३ रन दिए ।

नेपालले आज नियमित ब्याटर सन्दिप जोरालाई टोलीबाट बाहिर राखेको छ । यस्तै कमलसिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी टोलीबाट बाहिर रहेका छन् । नेपालले सागर ढकाललाई मुख्य स्पिनरको रूपमा खेलाउने निर्णय गरेको छ ।
नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । खेल मैदान भिजेका कारण कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल, कमलसिंह ऐरी
बेन्च: सन्दिप जोरा, कमलसिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]