default_image

11 months ago

June 4, 2024

नेदरल्याण्ड्स विरुद्ध नेपालको खराब ब्याटिङ प्रदर्शन 

672 views

0 Bookmark

डालास (हाम्रो खेलकुद) – नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ । अमेरिकाको डालास शहर स्थित ग्राण्ड प्रेरी मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रनको सामान्य योगफलमा समेटियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए । अर्कोतर्फ इनिङको मध्यभागमा लगातार विकेट खसेपछि उनले राम्रो साथ भने पाउन सकेनन् ।    

नेपालले सुरुवातमै दुई विकेट गुमाउन पुगेको थियो । नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्र गुमाएको थियो । खराब सुरुवाट पछि कप्तान रोहित पौडेल एकतर्फ डटेर क्रिजमा रहिरहे । 

ओपनर आसिफ दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिन्गलको बलमा सट थर्ड म्यानमा भिभियन किन्ग्माद्वारा क्याच आउट भए । उनले ८ बलमा ४ रन बनाए । तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल लोगन भ्यान बिकको शिकार बने । उनलाई भ्यान बिकले एलबिडब्लु शिकार गराए ।

तेस्रो विकेट पनि प्रिन्गलले नै लिए । आठौ ओभरको चौथो बलमा अनिल स्विप सट खेल्ने क्रममा इस्वेर लेगको फिल्डर लोगन भ्यान बिकद्वारा क्याच आउट भए । अनिलले १२ बलमा २ चौका सहित ११ रन बनाए ।

केहि आशालाग्दो सुरुवात गरेका कुशल मल्लले पनि ठुलो स्कोर बनाउन सकेनन् । उनलाई पल भ्यान मिकरनले १०औ ओभरमा म्याक्स ओ’डाउडको हातबाट ९ रन बनाउँदा क्याच आउट गराए । दीपेन्द्र सिंह ऐरी १ रन बनाएर बास डे लिडेको बलमा स्लिपमा क्याच आउट भए ।

सोमपाल कामीलाई १४औ ओभरमा भ्यान मिकरनले शुन्यमा बोल्ड गरे । त्यसपछि सातौँ विकेटका लागि रोहित र गुलशन झा मिलेर सम्हालिएको ब्याटिङ गरेका थिए । सो साझेदारी प्रिन्गलले १६औ ओभरमा रोहितलाई आउट गरेर तोडे ।   

करण केसीले केहि विष्फोटक अन्त्य गर्ने प्रयास गरे । १२ बलमा २ छक्कासहित १७ रन बनाएर उनी १९औ ओभरमा डे लिडेको शिकार बने । गुलशनलाई भ्यान बिकले १५ बलमा १४ रन बनाएको अवस्थामा बोल्ड आउट गरे । अविनाश बोहोरा पनि भ्यान बिकद्वारा पहिलो बलमा शुन्यमा बोल्ड भए । 

नेदरल्याण्ड्सका लागि टिम प्रिन्गल र लोगन भ्यान बिकले समान ३-३ विकेट लिए । प्रिन्गलले ४ ओभरमा २० रन दिए भने भ्यान बिकले ३.२ ओभरमा १८ रन दिए । भ्यान मिकरन र डे लिडेको नाममा २-२ विकेट रह्यो । भ्यान मिकरनले ४ ओभरमा १९ रन खर्चिंदा डे लिडेले ४ ओभरमा १ मेडन सहित २२ रन दिए । भिभियन किङ्गमाले ४ ओभरमा २३ रन दिए ।  

नेपालले आज नियमित ब्याटर सन्दिप जोरालाई टोलीबाट बाहिर राखेको छ । यस्तै कमलसिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी टोलीबाट बाहिर रहेका छन् । नेपालले सागर ढकाललाई मुख्य स्पिनरको रूपमा खेलाउने निर्णय गरेको छ ।

नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । खेल मैदान भिजेका कारण कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो । 

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल, कमलसिंह ऐरी

बेन्च: सन्दिप जोरा, कमलसिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी

April 27, 2025

लखनउलाई मुम्बईको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – ओपनर रायन रिकोन्टन र सूर्यकुमार यादवको अर्धशतकमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई २ सय १६ रनको चुनौती पेश गरेको छ। लेखनउले टस जितेर फिल्डिङ रोजेको थियो। मुम्बईले ७ विकेटको नोक्सानीमा २ सय १५ रन बनाएको छ । पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका ओपनर रोहित शर्मा १२ रन बनाएर […]

April 26, 2025

पन्जाबका दुई खेलाडीको अर्धशतक

जेन्सी – ओपनर प्रियांस एय्यर र प्रभश्रीमन सिंहको अर्धशतकको मद्दतमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) कोलकाता नाइट राइडर्सलाई‌ २ सय २ रनको लक्ष्य दिएको छ। टस जितेर पन्जाबले ब्याटिङ रोजेको थियो। प्रियांसले ६९ र प्रभश्रीमनले सर्वाधिक ८३ रन बनाए । पन्जाब ले ४ विकेटको नोक्सानीमा २ सय १ रन बनाएको छ।

April 26, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकाता नाइट राइडर्सलविरुद्धको खेलमा टस जितेको छ। पन्जाबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको‌ छ। ८ खेलमा १० अंकसहित पन्जाब पाँचौं र ६ अंकका साथ कोलकाता सातौं स्थानमा छ।

Success

Thank you for your time.