2 years ago
June 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अमेरिका र वेस्ट इन्डिजमा सन्चालन भइरहेको टि ट्वान्टी विश्व कपमा सहभागी नेपाली क्रिकेट टोलीलाई विश्व कपमा नै पूर्वरुपमा केन्द्रित राख्न नेपाल क्रिकेट संघ (क्यान) लाई ध्यानाकर्षण गराएको छ ।
‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्ण रूपले केन्द्रित भई उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षण लगायतका कार्यहरू गर्नुपर्ने समयमा नेपाली समाजको नाममा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख आयोजना भएका ’मिट एन्ड ग्रिट’ कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरूलाई सहभागी गराउनाले टिमको व्यावसायिक स्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ,’ राखेपको खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले क्यानलाई पठाएको पत्रमा भनिएको छ ।
राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनै पनि खालका कार्यक्रममा सहभागी नहुन÷नगराउन तथा आफ्नो खेलमा पूर्ण रूपमा केन्द्रित भई आवश्यक कार्यका लागि क्यानलाई निर्देशन दिएको छ । नेपाली टोलीले विश्व कपको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्विरुद्ध खेलेको थियो । जसमा टोली ६ विकेटले पराजित भएको थियो । त्यसअघि नेपाली टोली जुन १,२ र ३ मा अलग अलग कार्यक्रममा सहभागी भएको थियो ।
सन् २०१४ पछि नेपाल पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्दैछ । राखेपले क्रिकेट टोलीलाई विश्व कपमा उच्च खेल प्रदर्शनका लागि शुभकामना पनि दिएको छ । नेपालले मंगलबार फ्लोरिडामा श्रीलंकासँग खेल्दैछ । त्यसपछि नेपाली टोली वेस्ट इन्डिज जानेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]