default_image

2 months ago

June 8, 2024

न्युजिल्यान्डमाथि‌ अफगानिस्तानको जित

1609 views

0 Bookmark

एजेन्सी – आइसिसी टि ट्वान्टी विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ।

शनिबार न्युयोर्कमा शुक्रबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको हो। 

१ सय ६० रनको लक्ष्यसहित मैदानमा उत्रिएको न्युजिल्यान्ड १५.२ ओभरमा अल आउट हुँदै ७५ रनमा समेटिएको थियो। टोलीका ग्लेन फिलिप्सले १८ रन‌ बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अफगानिस्तानका कप्तान रसिद खान र फजालहक फारुकीले समान ४ र मोहम्मद नाबीले २ विकेट लिए।

त्यसअघि अफगानिस्तानले २० ओभरमा ६ विकेटको नोक्सानीमा  १ सय ५९ रन बनाएको‌ थियो। रहमदुल्ला गुरबाज र इब्राहिम जार्डनले पहिलो विकेटका लागि १ सय ३ रनको‌ साझेदारी गरेका थिए।

गुरबाजले ५६ बलमा ५ छक्का र ५ चौकासहित ८० रन बनाए। जार्डनले ४१ बलमा‌ ३ चौथो र २ छक्का साथ ४४ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र म्याट हेनरीले
ले समान २ विकेट लिए।

लगातार २ खेल जितेको अफगानिस्तान ४ अंकसहित समूह सीको शीर्ष स्थानमा छ। यसअघि अफगानिस्तानले युगान्डालाई १ सय २५ रनले हराएको थियो।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.