8 months ago
June 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने टि ट्वान्टी विश्वकपमा नेपालले वेस्ट इन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जानकारी दिएको छ। सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल खेल्ने सम्भावना बढेको छ।
नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई दुवै पटक भिसा दिन अस्विकार गरेपछि सन्दीपले विश्वकप नखेल्ने सम्भावना बढेको थियो।
समूह डीमा मा रहेको नेपालले डालासमा नेदरल्याण्ड्ससँगको खेल ६ विकेटले गुमाएको थियो। दोस्रो खेल मंगलबार श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ। त्यसपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्नेछ।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]