2 years ago
June 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिजी फुड्स नेपाल लिमिटेडको उत्पादन वाई वाईले नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टोली सहित समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई नगद सहयोग गर्ने घोषणा गरेको छ ।
सोमबार काठमाडौंमा भएको स्पेसल एडिसन वाइ वाइ चाउचाउ सार्वजनिक गर्ने क्रममा आयोजना भएको पत्रकार सम्मेलनमा सो सहयोगको घोषणा भएको हो ।
सिजी फुड्सले क्यानलाई कुल ६० लाख रुपैयाँ सहयोग गर्ने घोषणा भएको हो । विगत दुई दशकदेखि नेपाली क्रिकेटसँग जोडिएको सिजी फुड्सले नेपाली पुरुष टोली दोस्रो पटक विश्वकप पुगेको अवसरमा स्पेसल एडिसन चाउचाउ बजारमा ल्याएको घोषणा गर्दै वाइ वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि रू.३० लाख गरि जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्नेछ ।
पत्रकार सम्मेलनका अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक श्री निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव श्री पारस खड्का र सिजी फुड्सका सिइओ श्री प्रदिप पुडासैनीले यस सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सिजी फुड्स नेपालले नेपाली राष्ट्रिय टिमलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर-८ मा पुग्न सफल भएमा रु ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन वापत रू. १ हजार, प्रत्येक चौका वापत रू.८ हजार, प्रत्येक छक्का वापत रू. १२ हजार, प्रत्येक विकेट वापत रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैया नगद उपलब्ध गराउने घोषणा गरि सकेको छ ।
यसका साथै नेपाल दोस्रो पटक विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको हो ।
वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमिहरूमा थप उत्साह ल्याउने विश्वास कम्पनीले लिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]