2 years ago
June 12, 2024
एजेन्सी – अमेरिका र वेष्ट इन्डिजमा जारी टि ट्वान्टी विश्व कपमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तानले मंगलबार क्यानाडालाई ७ विकेटले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।
यसअघि पाकिस्तान अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानाडाको यो तेस्रो खेलमा दोस्रो हार हो । अमेरिकासँग पराजित भएको क्यानाडाले आयरल्यान्डमाथि जित निकालेको थियो ।
अन्तिम आठमा पुग्नका लागि अन्य खेलको नतिजा कुर्नुपर्ने अवस्थामा रहेको पाकिस्तानले क्यानाडाविरुद्ध १ सय ७ रनको लक्ष्य ३ विकेटको नोक्सानीमा १५ बल बाँकी रहँदा नै पूरा गरेको थियो ।
अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल क्रिकेट एकेडेमीमा पाकिस्तानलाई जित दिलाउन ओपनर मेहम्मद रिजवानले नटआउट अर्धशतक बनाए । ५३ बल खेलेका रिजवानले २ चौका र १ छक्काको मद्दतमा ५३ रनमा नटआउट रहे ।
कप्तान बाबर आजमले ३३ रन जोडे । ३३ बलमा बाबरले १ छक्का र १ छक्का प्रहार गरे । उसमान खान २ रनमा नआउट रहे । सइम अयुव ६, फकर जमान ४ रनमा आउट भए । क्यानाडाका डिलोन हेलिंगरले २ तथा जिरेमी गोर्डनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् । आरोनले ४४ बलमा समान ४ छक्का र चौकाको मद्दतमा ५२ रन बनाए । कलिम सानाले नआउट १३ र साद विन जाफरले १० रन जोडे ।
पाकिस्तानका लागि प्लेयर अफ दी म्याच मोहम्मद आमिरले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । हरिस रौफले २ तथा शाहिन शाह अफ्रिदी र नसिम शाहले समान १ विकेट लिए । अमेरिकाले भारत र आयरल्यान्डसँगको दुवै खेल गुमाएर आफूले समूह चरणको अन्तिम खेल जितेको अवस्थामा मात्र पाकिस्तानको सुपर आठमा जाने सम्भावना जीवित रहन्छ ।
समूह एमा भारत र अमेरिकाले समान २ खेल जित्दै समान ४ अंक जोडेका छन् । पाकिस्तान र क्यानाडाको समान २ अंक छ भने आयरल्यान्ड अंक विहिन छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]