default_image

2 years ago

June 12, 2024

अष्ट्रेलिया सुपर ८ मा प्रवेश

2100 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदार अष्ट्रेलिया आइसीसी टि२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गर्दै सुपर ८ मा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा नामिबियामाथि ९ विकेटको एकपक्षीय जित निकाल्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो । नामिबियाले प्रस्तुत गरेको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले छैटौं ओभरमा पूरा गर्यो ।

अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले ८ बलमा २० रन जोडे । उनी दोस्रो ओभरमा आउट भएका थिए । अर्का ओपनर ट्राभिस हेडले ५ चौका र २ छक्कासहित ३४ रन जोडे । कप्तान मिचेल मार्सले ९ बलमा ३ चौका र १ छक्कासहित १८ रनको योगदान दिए ।

त्यसअघि नामिबियाले १७ ओभरमा अलआउट हुनुअघि ७२ रन जोडेको थियो । कप्तान हेरार्ड एरास्मसले ४३ बलमा ३६ रन जोडे । त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

अष्ट्रेलियाका एडम जाम्पाले १२ रन खर्चेर ४ विकेट लिए । जश हेजलवुड र मार्कस स्टोइनिसले २-२ तथा प्याट कमिन्स र नाथन एलिसले १-१ विकेट हात पारे ।

अष्ट्रेलियाले ३ खेलमा ६ अंक जोडेको छ । स्कटल्याण्डको ३ खेलमा ५ अंक, नामिबियाको ३ खेलमा २ अंक तथा इंग्ल्यान्डको २ खेलमा १ अंक छ । ओमानले ३ खेलमा अंक जोड्न सकेको छैन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.