1 year ago
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २०-सदस्सीय टोली घोषणा गरेको छ । क्यानले इन्दु वर्माको कप्तानीमा २० जनालाई समेट्दै दोस्रो चरणका लागि बुधबार नेपाली टोली घोषणा गरेको हो ।
बन्द प्रशिक्षणका लागि सुरुवाती चरणमा परेका ८ खेलाडी टोलीबाट बाहिरिएका छन् । सुरुवातमा टोलीमा अटाएका खुसी डंगोल, करुणा भण्डारी, संगीता राई, आरती महतो, सावित्रा धामी, यशोदा विष्ट , सोनी पाख्रिन र हेलिसा गुरुङ टोलीबाट बाहिरिएका छन् ।
एलिसा खडिया, हेलिसा गुरुङ, सावित्री धामी र राजमती ऐरी पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । यी मध्य राजमती मात्र दोस्रो चरणमा प्रवेश गरेकी छन् ।
श्रीलंकामा एसीसी महिला एसिया कप साउन ४ देखि १३ गतेसम्म हुने छ । नेपाल, भारत, पाकिस्तान र युएई समूह एमा छन् । समूह बीमा श्रीलंका, बंगलादेश, थाइल्यान्ड र मलेसिया छन् ।
नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ । दोस्रो खेलमा नेपालले साउन ६ गते युएई र ८ गते भारतको सामना गर्नेछ । नेपाल एसीसी महिला प्रिमियर कपको शीर्ष चारमा रहँदै एसिया कपमा छनोट भएको हो ।
दोस्रो चरणका लागि महिला टोली:
इन्दु वर्मा (कप्तान),रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, रुवि पोदार (विकेट किपर), अप्सरी बेगम, अश्मिना कर्माचार्य, राजमती ऐरी, एलिशा खडिया

December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]