2 years ago
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २०-सदस्सीय टोली घोषणा गरेको छ । क्यानले इन्दु वर्माको कप्तानीमा २० जनालाई समेट्दै दोस्रो चरणका लागि बुधबार नेपाली टोली घोषणा गरेको हो ।
बन्द प्रशिक्षणका लागि सुरुवाती चरणमा परेका ८ खेलाडी टोलीबाट बाहिरिएका छन् । सुरुवातमा टोलीमा अटाएका खुसी डंगोल, करुणा भण्डारी, संगीता राई, आरती महतो, सावित्रा धामी, यशोदा विष्ट , सोनी पाख्रिन र हेलिसा गुरुङ टोलीबाट बाहिरिएका छन् ।
एलिसा खडिया, हेलिसा गुरुङ, सावित्री धामी र राजमती ऐरी पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । यी मध्य राजमती मात्र दोस्रो चरणमा प्रवेश गरेकी छन् ।
श्रीलंकामा एसीसी महिला एसिया कप साउन ४ देखि १३ गतेसम्म हुने छ । नेपाल, भारत, पाकिस्तान र युएई समूह एमा छन् । समूह बीमा श्रीलंका, बंगलादेश, थाइल्यान्ड र मलेसिया छन् ।
नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ । दोस्रो खेलमा नेपालले साउन ६ गते युएई र ८ गते भारतको सामना गर्नेछ । नेपाल एसीसी महिला प्रिमियर कपको शीर्ष चारमा रहँदै एसिया कपमा छनोट भएको हो ।
दोस्रो चरणका लागि महिला टोली:
इन्दु वर्मा (कप्तान),रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, रुवि पोदार (विकेट किपर), अप्सरी बेगम, अश्मिना कर्माचार्य, राजमती ऐरी, एलिशा खडिया

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]