2 years ago
June 14, 2024
एजेन्सी – ओमानले दिएको लक्ष्य चौथो ओभरमै पूरा गर्दै इङ्ल्यान्डले आइसिसी टि-२० विश्वकपमा सुपर एटमा पुग्ने सम्भावना कायमै राखेको छ । इङ्ल्यान्डले शुक्रबार बिहान ओमान माथि ८ विकेटको जित दर्ता गरेको हो ।
ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इङ्ल्यान्डले ३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । इङ्ल्यान्डका लागि कप्तान जस बटलरले ८ बलमा ४ चौका र १ छक्का सहित २४ तथा अर्का ओपनर फिल साल्टले ३ बलमा २ छक्का सहित १२ रन बनाए ।
जोनी बेयर्स्टो ८ रनमा अविजित रहे । विल ज्याक्सले ५ रन बनाए । ओमानका बिलाल खान र कलिमुल्लाहले १-१ विकेट लिए ।
त्यसअघि एन्टिगुवामा टस हारेर पहिला ब्याटिङ गरेको ओमान १३.२ ओभरमा ४७ रनमा अलआउट भयो । ओमानका सोएब खानले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डका लागि आदिल राशिदले ४ तथा जोफ्रा आर्चर र मार्क वुडले ३-३ विकेट लिए ।
समूह ‘बी’ मा अष्ट्रेलियाको ३ खेलमा ६ अंक छ । यस्तै स्कटल्यान्डको ३ खेलमा ५ तथा इङ्ल्यान्डको ३ खेलमा ३ अंक छ । नामिबियाको ३ खेलमा २ अंक छ । ओमानले ४ खेलमा विना अंक टि ट्वान्टी विश्व कपको यात्रा अन्त्य गरेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]