default_image

1 year ago

June 15, 2024

नेपाल पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै

965 views

0 Bookmark

किङ्स टाउन/सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल स्थानीय समय अनुसार आज साँझ ७ः३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे) आर्नस भेल स्टेडियममा सुरु हुनेछ ।

दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ ।

अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।

दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।

अमेरिकाको फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि नेपाल र श्रीलंकाले समान १ अंक बाढेका थिए । नेपाल र श्रीलंकाले यो विश्व कपमा जोडेको त्यो पहिलो अंक हो । त्यो खेल रद्दसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट आइपुग्दा स्पिनर सन्दीप लामिछाने थपिनुले नेपाली टोलीको मनोबल पक्कै केही बढेको भने छ । सन्दीप ७ महिनापछि राष्ट्रिय टोलीमा फर्केका हुन् । उनले दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिन सकेको खण्डमा टि ट्वान्टी आईमा उनको विकेट संख्या एक सय पुग्नेछ ।

नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई भिसा नदिएपछि उनले अमेरिका भ्रमण गर्न पाएका थिएनन् । अन्तिम २ खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई क्यानाडा हुँदै सेन्ट भिन्सेन्ट पठाएको थियो । दक्षिण अफ्रिकाविरुद्ध खेले भने सन्दीपको खेल जीवनमा पहिलो विश्व कप खेल हुनेछ ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीपले पछिल्लो केहि महिनाअघि प्रतिस्पर्धात्मक क्रिकेट नखेले पनि त्यसले खास फरक नपर्ने बताएका थिए । ‘सन्दीप दाई लामो समयदेखि व्यवसायिक क्रिकेट खेलिराख्नु भएको छ । त्यसैले केहि समय नखेलेर फरक पर्दैन,’ रोहितले प्रि म्याच कन्फ्रेन्समा भनेका थिए ।

रोहितले बाँकी २ खेलमा राम्रो खेलेर अघि बढ्ने सम्भावना रहेको उल्लेख गर्दै भनेका थिए,’ दक्षिण अफ्रिकासँग हामी पहिलो पटक खेल्दैछौं। उनीहरूलाई कम स्कोरमा रोकेर चेज गर्ने लक्ष्यसहित उत्रनेछौं ।’

फ्लोरिडामा लगातारको वर्षाका कारण उडान रद्द भएपछि पूर्व निर्धारित तालिका भन्दा एक दिनपछि बिहीबार मात्र टोली सेन्ट भिन्सेन्ट आइपुगको थियो । त्यहि साँझ टोलीले दक्षिण अफ्रिकाविरुद्ध खेल्ने मैदानमा नै दुई घन्टा भन्दा बढी अभ्यास गरेको थियो ।

दक्षिण अफ्रिकाका बलर कागिसा रबाडाले सन्दीप रहस्यमयी स्पिनर रहेको जनाउँदै आफूहरुले खेल्ने कुनै टोलीलाई कमजोरी नठान्ने बताएका थिए । सन् २०१७/१८ मा सन्दीप र रबाडा आइपिएल टोली दिल्लीमा थिए । रबाडाले नेपाली क्रिकेटको बारेमा धेरै जानकारी नभएपछि टोलीका बारेमा अध्ययन गरेको बताएका थिए ।

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालत पाटनले गत महिना सफाई दिएपछि क्यानले निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप टोलीमा समावेश गरेको थियो । प्रतिश जिसीलाई हटाउँदै उनको ठाँउमा सन्दीपलाई १४ मा राखिएको हो । उनी दक्षिण अफ्रिकाको प्लेइङ ११ मा पर्ने निश्चित प्राय छ ।

नेपालको सम्भावित टोली
कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह एरी,सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, सागर ढकाल/अभिनाष बोहोरा

दक्षिण अफ्रिकाको सम्भावित टोली
किन्टन डि कक (विकेटकिपर), रिजा ह्याड्रिक्स, एडियन मार्कराम (कप्तान), ट्रिस्टान स्टुब्स, हेन्रिच क्लासेन, डेभिड मिलर, मार्को जान्सेन, केशव महाराज, कागिसो रबाडा, ओटनिल बार्टम्यान, एन्रिच नोर्टजे

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.