1 year ago
June 20, 2024
एजेन्सी – इङ्ल्यान्डले आइसिसी टि-२० विश्वकपको सुपर एट चरणमा सानदार सुरुवात गरेको छ । इङ्ल्यान्डले बिहीबार बिहान भएको खेलमा घरेलु टोली वेस्ट इन्डिज माथि ८ विकेटको फराकिलो जित दर्ता गरेको हो ।
एक समय समूह चरणबाट बाहिरिने अवस्थामा रहेको इङ्ल्यान्डले वेस्ट इन्डिजले दिएको १८१ रनको विशाल लक्ष्य १५ बल बाँकी छँदै २ विकेट मात्र गुमाएर भेटायो । इङ्ल्यान्डका ओपनर फिल साल्ट ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८७ रनमा अविजित रहे । जोन्नी बेयर्सटो पनि २६ बलमा ५ चौका र २ छक्का सहित ४८ रनमा नटआउट रहे ।
अर्का ओपनर जस बटलरले २५ तथा मोइन अलीले १३ रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेजले १-१ विकेट लिएका थिए ।
त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले ३४ बलमा बनाएको ३८ रन नै सर्वाधिक रहेको थियो ।
कप्तान निकोलस पुरनले ३२ बलमा ३६ रन बनाएका थिए भने रोभ्मन पावेलले १७ बलमा ३६ रन बनाएका थिए । शेरफान रदरफोर्डले २८ तथा ब्रेन्डन किंगले २३ रन जोडे ।
इङ्ल्यान्डका जोफ्रा आर्चर, आदील राशिद, मोइन अली र लियाम लिभिङस्टनले समान १-१ विकेट लिए ।
इङ्ल्यान्डले सुपर एटको दोस्रो खेल दक्षिण अफ्रिका विरुद्ध शुक्रबार खेल्नेछ भने वेस्ट इन्डिजको दोस्रो खेल अमेरिका विरुद्ध शुक्रबार राती नै हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]