default_image

1 year ago

June 27, 2024

अफगानिस्तान र दक्षिण अफ्रिकालाई इतिहास रच्ने अवसर

1376 views

0 Bookmark

एजेन्सी – पहिलो पटक आइसीसी टि‌ ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल पुगेको अफगानिस्तानले फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाबीचको‌ सामना गर्दैछ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीचको पहिलो सेमिफाइनलमा खेल नेपाली समय अनुसार बिहीबार बिहान ६ : १५ बजे ट्रिनिडाड एन्ड टोबेगोको ब्रायन लारा रंगशालामा सुरु हुनेछ ।

यी दुई मध्ये जुन टोली फाइनल पुगेपनि त्यो पहिलो पटक हुनेछ ।दक्षिण अफ्रिकाले तेस्रो पटक सेमिफाइनल खेल्दैछ ।

भारतसँग पराजित भएको अफगानिस्तान अष्ट्रेलिया र बंगलादेशलाई हराउँदै इतिहासमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । अफगानिस्तान सुपर-८ को समूह १ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेको‌ हो ।

दक्षिण अफ्रिका यसअघि सन् २००९ र २०१४ को टि ट्वान्टी विश्वकपको सेमिफाइनल पुगेको थियो। यस पटक समूह २ को विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

जारी विश्वकप दक्षिण अफ्रिका र भारत मात्र ७ खेलमा अपराजित छन् । भारतले शुक्रबार दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ।

दक्षिण अफ्रिकाले समूह चरणमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकालाई हराएको थियो । सुपर-८ को समूह २ मा इंग्ल्यान्ड, अमेरिका र वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म भएकाे टि ट्वान्टी आईका दुबै खेल दक्षिण अफ्रिकाले जितेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.