4 months ago
July 1, 2024
एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्।
भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै
टि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरेका थिए।
त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । जडेजाले पहिलो पटक विश्वकप उपाधि जितेका हुन्।
जडेजाले सामाजिक सञ्जाल सन्जालमार्फत सन्न्यास लिएको घोषणा गरेका हुन्।
November 3, 2024
डालस (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिवार राति आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा यो कीर्तिमान बनेको हो । उनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए । गुलशन अघि नेपालबाट ओडीआईमा […]
November 3, 2024
डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । जित्नलाई २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र […]
November 3, 2024
डालस(हाम्रो खेलकुद) – ओपनर अनिल कुमार साहले आईसीसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अनिलले ७७ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा २ विकेट गुमाउँदै १०२ रन बनाएको छ । नेपालले अब जित्नलाई १ सय ८० रन बनाउनु […]