1 year ago
July 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कपका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बुधवार भएको खेलमा नेपाल श्रीलंका बोर्ड महिला विकास टोली विरुद्ध ४ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०७ रनको लक्ष्य घरेलु टोलीले १ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । श्रीलंकन टोलीका लागि ओपनर सेनारथ्नेले सर्वाधिक २७ रन बनाइन् । यस्तै सन्दिपनीले १९ तथा मधाराले १६ रन जोडिन् ।
नेपालका लागि कृतिका मरासिनी, कविता जोशी, इन्दु वर्मा र सबनम राईले समान १-१ विकेट लिए ।
तयसहनी सरी भिलेजमा पहिलो ब्याटिङ गरेको नेपाली टोलीले २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कविता कुँवरले ३४ बल झेल्दै6सर्वाधिक २९ रन बनाइन् । यस्तै इन्दु वर्मा ४३ बलमा २८ रन बनाएर अविजित रहिन् । सम्झना खड्काले ११ रन जोडिन् । अन्य ब्याटर भने चल्न सकेनन् ।
घरेलु टोलीका लागि देवमी भिहांगाले ३, सन्दिपनीले २ तथा थारिका सेववान्दी र सान्दिनु निसानसलाले १-१ विकेट लिए ।
पहिलो अभ्यास खेलमा नेपाल मंगलबार ३३ रनले पराजित भएको थियो । तेस्रो अभ्यास खेल जुलाई १६ का दिन हुनेछ ।
एशिया कपको उद्दघाटन खेलमा नेपालले युएई विरुद्ध जुलाई १९ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समूह ए मा भारत र पाकिस्तान समेत रहेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]