1 year ago
July 28, 2024
एजेन्सी – सन्दीप लामिछानेको एक विकेट सहित क्यानडामा जारी ग्लोबल टि-ट्वान्टी लिगमा भेनकुवर नाईट्सले मध्यम लक्ष्य पाएको छ ।
टस जितेर पहिला बलिङ गरेको भेनकुवरले मोन्ट्रियल टाइगर्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा रनमा १ सय ४४ रोकेको हो ।
भेनकुवरका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए । उनले दिलप्रित बाज्वालाई बोल्ड आउट गरेका थिए । यस्तै नेपाली अल राउण्डर दीपेन्द्र सिंह ऐरीले भने बलिङ गर्ने अवसर पाएनन् ।
यस्तै भेनकुवरका लागि मोहम्मद आमिर र ड्वेन प्रिटोरियसले समान २ र जेरेमी गोर्डनले १ विकेट लिए ।
मोन्ट्रियलका लागि कोर्विन बोस्च्सले २५ बलमा सर्वाधिक ३५ रन बनाए । यस्तै बाज्वाले २२ बलमा सर्वाधिक ३३ रन र अज्मतुल्लाह ओमारजाईले २७ रन बनाए ।
टिम साइफर्ट र आयान अफजल खानले समान १६ रन बनाए भने कप्तान क्रिस लिनले १० रन जोडे ।
भेनकुवर हालसम्म खेलेको दुवै खेलमा पराजित भएको थियो ।
यस्तो रह्यो सन्दीपको ४ ओभर
११ औं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले त्यस ओभरमा २ बल डट राख्दै ५ रन खर्चिए । पहिलो दोस्रो बलमा समान १ रन खर्चिएका उनलेले तेस्रो बल डट राखेका थिए । ओभरको चौथो बलमा अफगानी ब्याटर अजमतुल्लाह उमरजाईले २ रन बनाए । पाँचौ बल पुनः डट राखेका सन्दीपले अन्तिम बलमा १ रन खर्चिए ।
सन्दीपले आफ्नो दोस्रो ओभर १३ औं ओभरमा लिएर आएका थिए । यस ओभरमा सन्दीपले १ विकेट लिनुका साथै ८ रन खर्चिएका थिए । पहिलो र दोस्रो बलमा सन्दीपले समान १ रन खर्चिएका थिए । ओभरको तेस्रो बलमा सन्दीपलाई दिलप्रित बाज्वाले छक्का प्रहार गरे । चौथो बल डट राखेका सन्दीपले पाँचौ बलमा बाज्वालाई बोल्ड आउट गरे । ओभरको अन्तिम बलमा सन्दीपले कुनै रन खर्चिएनन् ।
सन्दीपले खेलको १५ औं ओभरमा आफ्नो तेस्रो ओभर गरेका थिए । यस ओभरमा उनले ७ रन खर्चिएका थिए । सुरुआती ३ बलमा समान १ रन खर्चिएका सन्दीपले चौथो बल डट राखे । पाँचौ बलमा कोरबिन बोशले सन्दीपलाई चौका प्रहार गरे । ओभरको अन्तिम बलमा सन्दीपले रन खर्चिएनन् ।
खेलको १७ औं ओभरमा सन्दीपले आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका थिए । यस ओभरमा सन्दीपले रन खर्चिएका थिए । ओभरको पहिलो दुई बल डट राखेका सन्दीपले तेस्रो बलमा १ तथा चौथो बलमा २ रन खर्चिए । पाँचौ बल डट राखेका सन्दीपले अन्तिम बलमा १ रन खर्चिए ।
सन्दीपले यस खेलमा ४ ओभरमा २४ रन खर्चिएर १ विकेट लिए । यसमा उनले १० बल डट राखेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]