1 year ago
July 31, 2024
एजेन्सी – भारतले श्रीलंकाविरुद्धको टि ट्वान्टी सिरिजको अन्तिम खेलमा मंगलबार सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ ।
निर्धारित २० ओभरको खेलमा दुबै टोलीले समान १ सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरको श्रीलंकाले २ रन मात्र बनायो ।
जवाफमा भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका प्रहार गर्दै टोलीलाई सहजै जित दिलाएका थिए।
त्यसअघि भारतले दिएको १ सय ३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।
श्रीलंकाको लागि कुशल परेराले सर्वाधिक ४६ रन, ओपनर कुलश मेन्डिसले ४३ र पाथुम निशंकाले २६ रन जोडेका थिए । भारतका सुन्दरसँगै रवि विश्नोइ, रिंकु सिंह र सुर्यकुमार यादवले समान २ विकेट लिएका थिए।
भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । भारतको लागि ओपनर शुभमन गिलले सर्वाधिक ३९ रन बनाएका थिए । रियान परागले २६ र सुन्दरले २५ रन जोडेका थिए । श्रीलंकाका महिशा थिक्सेनाले सर्वाधिक ३ विकेट हात पारे ।
योसँगै भारतले टि ट्वान्टी सिरिज ३-० ले क्लीन स्वीप गरेको छ । घरेलु टोली श्रीलंका र भारतबीच अब एकदिवसीय सिरिज हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]