1 year ago
July 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले चौथो खेल बिहीबार खेल्दैछ ।
दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो चौथो खेलमा ब्राम्पटन वल्भ्सविरुद्ध बिहीबार बिहान खेल्दैछ ।
भेनकुवर र वल्भ्सबीच खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार बिहीबार बिहान पौने २ बाट सुरु हुँदैछ ।
भेनकुवर पहिलो खेलमा टोरोन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो । त्यो खेलमा सन्दीपले १ विकेट लिनुका साथै १५ रन समेत जोडेका थिए ।
भेनकुवरले दोस्रो खेलमा बंग्ला टाइगर्ससँग २२ रनले पराजित भएको थियो । दोस्रो खेलमा सन्दीपले २ विकेट लिनुका साथै अविजित २ रन बनाएका थिए । दोस्रो खेलमा दीपेन्द्रले १ रन बनाएका थिए ।
तेस्रो खेलमा भेनकुवर मोन्ट्रियल टाईगर्ससँग १० रनले पराजित भएको थियो । टाइगर्सविरुद्ध सन्दीपले १ विकेट लिनुका साथै अविजित १ रन बनाएका थिए । दीपेन्द्रले १५ बलमा अविजित ३० रन बनाएका थिए ।
अंकबिहीन भेनकुवर ६ टोली सहभागी लिगको पुछारमा रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]