1 year ago
August 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले पाँचौ खेल आज खेल्दैछ।
रोहित आबद्ध टोरोन्टोले आफ्नो पाँचौ खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ । टोरोन्टो र टाईगर्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।
टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो र चौथो खेलमा पराजित भएको थियो । पहिलो र दोस्रो खेल समान ८ विकेटले जितेको थियो ।
तेस्रो खेल ८० तथा चौथो खेल २ रनले गुमाएको थियो । मंगलबार भएको पछिल्लो खेलमा रोहित बेन्चमा रहेका थिए ।
६ टोली सहभागी लिगमा ४ अंकका साथ टोरोन्टो तेस्रो स्थानमा छ । ३ खेलमा अपराजित टाइगर्स ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।
यस्तै, शनिबार बिहान नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाइट्सले सर्रे ज्याकवार्सको सामना गर्नेछ ।
नाइट्स चार खेल खेल्दै अंकबिहिन रुपमा अंक तालिकाको पुछारमा रहेको छ । सर्रे र नाईट्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शनिबार बिहान पौने २ बजे सुरु हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]