1 year ago
August 2, 2024
एजेन्सी – श्रीलंकाविरुद्धको ५ खेलको ओडिआई सिरिजको पहिलो खेलमा पाहुना टोली भारतले मध्यम लक्ष्य पाएको छ ।
भारतले घरेलु टोलीबाट जितका लागि २ सय ३१ रनको मध्यम लक्ष्य पाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३० रन बनायो ।
श्रीलंकाका लागि पथुम निशंका र दुनिथ विलालागेले अर्धशतकीय ईनिङ खेले । विलालागेले ६५ बलमा ७ चौका र २ छक्काको सहयोगमा नटआउट सर्वाधिक ६७ रन बनाए ।
निशंकाले ७५ बलमा ९ चौकाको सहयोगमा ५६ बनाए । वानिन्दु हसरंगाले ३५ बलमा २४, जानिथा लियानयेजले २०, अखिला धनन्जयले १७ रन जोडे ।
भारतका लागि अक्षर पटेल र अर्शदिप सिंहले समान २ तथा मोहम्मद सिराज, शिभम दुवे, कुलदिप यादव, वासिङ्टन सुन्दरले समान १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]