default_image

1 year ago

August 2, 2024

भारत र श्रीलंकाबीचको पहिलो खेल बराबर टुंगियो

2449 views

0 Bookmark

एजेन्सी – श्रीलंका र भारतबीचको ३ खेलको ओडिआई सिरिजको पहिलो खेल बराबरीमा सकिएको छ ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रवार भएको श्रीलंका र भारतको खेल टाइ भएको हो ।

श्रीलंकाले दिएको २ सय ३१ रनको लक्ष्य भारतले ४७.५ ओभरमा अल आउट हुदै २ सय ३० रन मात्र बनायो । भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाए ।

शर्माले ४७ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अक्षर पटेलले ५७ बलमा ३३, केएल राहुलले ४३ बलमा ३१, शिभम दुवेले २४ बलमा २५ रन जोडे ।

भारतलाई जितका लागि १४ बलमा मात्र १ रन आवश्यक रहेको समयमा श्रीलंकाका कप्तान चरिथ असलंकाले लगातार २ विकेट लिदै खेललाई बराबरी गराए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगा र कप्तान चरिथ असलंकाले समान ३, दुनिथ विलालागेले २ तथा आसिथा फर्नान्डो, अकिला धनन्जयले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

श्रीलंकाका लागि पथुम निशंका र दुनिथ विलालागेले अर्धशतकीय ईनिङ खेले । विलालागेले ६५ बलमा ७ चौका र २ छक्काको सहयोगमा नटआउट सर्वाधिक ६७ रन बनाए ।

निशंकाले ७५ बलमा ९ चौकाको सहयोगमा ५६ बनाए । वानिन्दु हसरंगाले ३५ बलमा २४, जानिथा लियानयेजले २०, अखिला धनन्जयले १७ रन जोडे ।

भारतका लागि अक्षर पटेल र अर्शदिप सिंहले समान २ तथा मोहम्मद सिराज, शिभम दुवे, कुलदिप यादव, वासिङ्टन सुन्दरले समान १ विकेट लिए ।

दोस्रो ओडिआई आइतवार हुनेछ । सिरिजको तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.