1 year ago
August 3, 2024
एजेन्सी – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेटरहरु सम्मिलित टिमहरुको खेल नतिजाविहिन रुपमा सकिएको छ ।
नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले मोन्ट्रियल टाइगर्ससँगको खेल नतिजा बिहिन रुपमा सकाएको हो ।
खेल ढिला सुरु हुँदा खेल ६ ओभरमा छोड्याईएको थियो । टाइगर्सले टस हारेर पहिले ब्याटिङ गरेको थियो । टाइगर्सले २ ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको अवस्थामा भारी वर्षाका कारण खेल रोकिएको थियो । खेल पुनः सुरु हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका हुन् । नेपाली कप्तान रोहित भने यस खेलमा बेन्चमा रहेका थिए ।
शनिबार बिहान भएको नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्सले सर्रे ज्याकवार्ससँग अंक बाडेको छ । भेनकुवरले पहिले ब्याटिङ गर्ने क्रममा ५ ओभरमा १ विकेट गुमाएर २८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । खेल पुनः सुचारु हुन नसक्दा दुवै टोली समान १ अंक बाडे । भेनकुवरमा रहेका दीपेन्द्र र सन्दीपले भने यस खेलमा प्लेइङ११ मा स्थान बनाएका थिए ।
भेनकुवर र टोरोन्टोबीचको अर्को खेल आइतवार बिहान एकआपसविरुद्ध रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]