default_image

1 year ago

August 3, 2024

नेपाली क्रिकेटर आबद्ध दुवै टोलीको खेल नतिजा विहिन

2153 views

0 Bookmark

एजेन्सी – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेटरहरु सम्मिलित टिमहरुको खेल नतिजाविहिन रुपमा सकिएको छ ।
नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले मोन्ट्रियल टाइगर्ससँगको खेल नतिजा बिहिन रुपमा सकाएको हो ।
खेल ढिला सुरु हुँदा खेल ६ ओभरमा छोड्याईएको थियो । टाइगर्सले टस हारेर पहिले ब्याटिङ गरेको थियो । टाइगर्सले २ ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको अवस्थामा भारी वर्षाका कारण खेल रोकिएको थियो । खेल पुनः सुरु हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका हुन् । नेपाली कप्तान रोहित भने यस खेलमा बेन्चमा रहेका थिए ।

शनिबार बिहान भएको नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्सले सर्रे ज्याकवार्ससँग अंक बाडेको छ । भेनकुवरले पहिले ब्याटिङ गर्ने क्रममा ५ ओभरमा १ विकेट गुमाएर २८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । खेल पुनः सुचारु हुन नसक्दा दुवै टोली समान १ अंक बाडे । भेनकुवरमा रहेका दीपेन्द्र र सन्दीपले भने यस खेलमा प्लेइङ११ मा स्थान बनाएका थिए ।

भेनकुवर र टोरोन्टोबीचको अर्को खेल आइतवार बिहान एकआपसविरुद्ध रहेको छ ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.