1 year ago
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल टि ट्वान्टी क्यानडामा नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स फेरी पराजित भएको छ ।
भेनकुवर नेपालका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्ससँग १९ रनले पराजित भएको हो ।
आइतबार बिहान भएको खेलमा टोरोन्टोले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको भेनकुवरले १८.५ ओभरमा अल आउट हुदै १ सय ८ रन मात्र बनायो ।
भेनकुवरका लागि रिचि बेरिङ्टनले ४४ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५२ रन बनाए । रिजा हेनरिक्सले १७, दीपेन्द्रले १३ र कप्तान उस्मान ख्वाजाले १० रन जोडे ।
टोरोन्टोका लागि रोमारियो शेफर्डले ३, मोहम्मद नवाजले २ तथा जोसेन बेहरानड्राफ्ट, जुनैद सिद्धिकी, साद विन जाफरले समान १ विकेट लिए । टोरोन्टोले रोहितलाई बेन्चमा राखेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।
टोरोन्टोका लागि रोस्टन चेसले सर्वाधिक २३ तथा आन्द्रेस गौस र जतिन्द्रपाल मथेरुले समान १९ रन बनाए । मोहम्मद नवाजले १४, निकोलस किर्तनले १३ तथा जोसेन बेहरानड्राफ्टले अविजित १२ रन जोडे ।
भेनकुवरका लागि मोहम्मद आमिरले ३, रिशिभ जोशी र हर्ष ठाकरले समान २ तथा डवेन प्रिटोरियस र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको अर्को खेल सोमबार रहेको छ । रोहित सम्मिलित टोरोन्टोको खेल भने मंगलबार रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]