default_image

1 year ago

August 4, 2024

भारतमाथि श्रीलंकाको जित

1323 views

0 Bookmark

एजेन्सी – श्रीलंका भ्रमणमा रहेको भारतीय टोली घरेलु टोलीविरुद्ध दोस्रो ओडीआई खेलमा पराजित भएको छ ।

आइतवार भएको दोस्रो ओडिआई खेलमा घरेलु टोली ३२ रनले विजयी भयो । जितसँगै श्रीलंकाले ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो खेल टाइ भएको थियो।

श्रीलंकाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२.२ ओभरमा अल आउट हुदै २ सय ८ रन मात्र बनायो ।

भारतका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६४ रन बनाए । अक्षर पटेलले ४४ बलमा ४४, शुभमन गिलले ३५, वासिङ्टन सुन्दरले १५ रन जोडे ।

श्रीलंकाका लागि जेफरी भ्यान्डरसेले १० ओभरमा ३३ रन खर्चिएर ६ विकेट लिए । कप्तान चरिथ असलंकाले ३ विकेट आफ्नो नाम गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाए ।

श्रीलंकाका लागि ओपनर आविष्का फर्नान्डो र कमिन्डो मेन्डिसले समान ४० रन जोडे । दुनिथ विलालागेले ३९, कुशल मेन्डिसले ३०, कप्तान चरिथ असलंकाले २५, अकिला धनन्जयले १५ रन जोडे ।

भारतका लागि वासिङ्टन सुन्दरले ३, कुलदिप यादवले २ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १ विकेट लिए । भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम ओडिआई खेल बुधवार रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.