default_image

1 year ago

August 6, 2024

रोहित सम्मिलित टोरोन्टो पराजित

1900 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्स पराजित भएको छ ।

लिग चरणको अन्तिम खेलमा मंगलवार टोरोन्टो मोन्ट्रियल टाइगर्ससँग ७ विकेटले पराजित भएको हो ।

टोरोन्टोले दिएको ५३ रनको लक्ष्य टाइगर्सले ११.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । टाइगर्सका लागि कप्तान टिम साइफर्टले १५ बलमा अविजित १५, ओपनर दिलप्रित बाज्वाले १६ बलमा १२ रन बनाए ।

टोरोन्टोका लागि जोसेन बेहराड्राफ्ट, जतिन्द्रपाल माथुरु, जुनैद सिद्धिकीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टो ११.१ ओभरमा ५२ रनमा अल आउट भयो । रोहितलाई भने टोरोन्टोले यो खेलमा पनि बेन्चमा राखेको थियो ।

टोरोन्टोका लागि जतिन्द्रपाल मथुरुले सर्वाधिक १२ रन बनाए । टोरोन्टोका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

टाइगर्सका लागि कलिम सानाले ४, अजमतुल्लाह उमरजाइले ३ तथा आयान खानले १ विकेट लिए ।

रोहित सम्मिलित टोरोन्टोले हारका बाबजुद प्लेअफमा स्थान पक्का गरेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.