default_image

1 year ago

August 7, 2024

भारतविरुद्ध श्रीलंकाको ऐतिहासिक जित

1917 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले भारतविरुद्ध २७ वर्ष पछि ओडिआई सिरिज जितेको छ । घरेलु टोली श्रीलंकाले भारतविरुद्धको ३ खेलको ओडिआई सिरिज २-० ले जितेको हो ।

सिरिजको तेस्रो तथा अन्तिम खेल श्रीलंकाले १ सय १० रनले जितेको हो । सिरिजको पहिलो खेल बराबरीमा सकिदा दोस्रो खेल श्रीलंकाले ३२ रनले जितेको थियो ।

श्रीलंकाले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको भारतले २६.१ ओभरमा अल आउट हुदै १ सय ३८ रन मात्र बनायो ।

भारतका लागि कप्तान तथा ओपनर रोहित शर्माले २० बलमा सर्वाधिक ४५, वासिङ्टन सुन्दरले ३०, विराट कोहलीले २० तथा रियान परागले १५ रन जोडे । भारतका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

श्रीलंकाका लागि दुनिथ विलालागेले ५.१ ओभरमा २७ रन खर्चिएर ५ विकेट लिए । जेर्फि भेन्डारसे र महेश तिक्सेनाले समान २ तथा आसिथा फर्नाडाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो ।

श्रीलंकाका लागि अविष्का फर्नान्डो र कुशल मेन्डिसले अर्धशतकीय ईनिङ खेले । फर्नान्डोले १ सय २ बलमा सर्वाधिक ९६ रन बनाए । उनले ९ चौका र २ छक्का प्रहार गरे ।

मेन्डिसले ८२ बलमा ५९ रन बनाए । ओपनर पथुम निशंकाले ६५ बलमा ४५, कमान्डु मेन्डिसले १९ बलमा अविजित २३ रन जोडे ।

भारतका लागि यसै खेलमा ओडिआई डेब्यु गरेका रियान परागले ३, वासिङ्टन सुन्दर, मोहम्मद सिराज, कुलदिप यादव र अक्षर पटेलले समान १ विकेट लिए ।

सन् १९९७ मा श्रीलंकाले पछिल्लो पटक भारतविरुद्धको ओडिआई सिरिज जितेको थियो । भारतविरुद्ध लगातार ११ ओडिआई सिरिज गुमाएको श्रीलंकाले २७ वर्ष पछि यो सफलता प्राप्त गरेको हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.