default_image

1 year ago

August 9, 2024

बिसिबीले सेनासँग माग्यो सुरक्षाको प्रत्याभूति

1048 views

0 Bookmark

एजेन्सी – बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले बिहीवार बंगलादेशी सेनाका चिफ अफ स्टाफ जनरललाई पत्र लेख्दै आगामी महिना सुरु हुने महिला टि ट्वान्टी विश्वकपका लागि सुरक्षाको माग गरेको छ ।

बिसिबीले सेनाका चिफ अफ स्टाफ जनरल वाकर–उज–जमानलाई पत्र लेख्दै सेप्टेम्बर २७ देखि अभ्यास खेलसँगै सुरु हुने टि‌ ट्वान्टी विश्वकप सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति माग गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले समेत बंगलादेशको अवस्थालाई नजिकबाट नियालिरहेको छ । आइसिसीले आयोजना स्थलको विकल्पहरूमा पनि विचार गरिरहेको बताइएको छ ।

यदि प्रतियोगिता सारिने भयो भने, बंगलादेश को समय मिल्ने एक देश को चयनमा आइसिसीले साचिरहेको छ । भारत, संयुक्त अरब इमिरेट्स (युएई) र श्रीलंकालाई विकल्पको रुपमा लिईएको छ ।

नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस नेतृत्वको बिहीवार बंगलादेशमा अन्तरिम सरकार बनाईएको छ । त्यो सरकारलाई नयाँ निर्वाचन नभएसम्मका लागि देशको मामिला सञ्चालन गर्नेछ ।

पूर्व प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि बिसिबीका अध्यक्ष नजमुल हसनसहित धेरै बोर्ड निर्देशकहरू पनि हसिनाको पार्टी अवामी लिगको समर्थनका कारण बङ्गलादेश छोड्न बाध्य भएका थिए ।

यद्दपि, बोर्डका केही सदस्यहरू भने ढाकामा रहेको बताइए छ । अक्टोबर ३ देखि २० सम्म ढाकाको शेर–ए–बंगला राष्ट्रिय क्रिकेट रङ्गशाला र सिलेटको सिलेट अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १० टोलीको सहभागितामा विश्वकप १८ दिन सम्म खेल्ने तालिका छ ।

बिसिबीका अम्पायर कमिटीका अध्यक्ष इफ्तेखार अहमद मिठूले भने, ‘हामी प्रतियोगिता आयोजना गर्ने प्रयासमा छौं । इमान्दारीका साथ भन्ने हो भने हामीबीच देशमा धेरै मानिस उपस्थित छैनन् र बिहीवार हामीले सेना प्रमुखलाई आइसिसी महिला टी–२० विश्वकपको सुरक्षाको आश्वासनबारे पत्र पठाएका छौं ।’

‘आइसिसीले दुई दिनअघि हामीसँग कुराकानी गरेको थियो र हामीले चाँडै नै उनीहरूकहाँ फर्काउने जवाफ दिएका थियौँ। अन्तरिम सरकार गठन भइसकेपछि पनि हामीले उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिनैपर्छ । सेनाबाट लिखित आश्वासन प्राप्त भएपछि हामी आईसीसीलाई सुचित गर्नेछौं,’ उनले थपे ।

आइसिसीले अगष्ट १० सम्म समय लिएर बंगलादेशको मैदानको अवस्था हेरेर प्रतियोगिता स्थलबारे निर्णय लिने बताइएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.