1 year ago
August 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक क्रिकेट खेल्न क्यानडामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको सम्मानमा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम भएको छ।
एनआरएनए क्यानडा ,नेप्लिज क्यानेडियन क्रिकेट क्लब , नेप्लिज लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रमको मुख्य अतिथिका रुपमा भारत यु -१९ का पूर्व कप्तान उन्मुक्त चन्द रहेका थिए ।
क्रिकेट प्रेमी र नेपाली समुदायको उपस्थितिमा भएको कार्यक्रममा सम्मानित भएपछि रोहित र दीपेन्द्रले आयोजकलाई आभार व्यक्त गरे । उन्मुक्तले नेपालमा क्रिकेटको विकास भइरहेको भएको बताए ।
नेपाली क्यानडा क्रिकेट क्लब, नेप्लिज लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाले क्रिकेट र सांस्कृतिक आदानप्रदानलाई विश्वव्यापी मञ्चमा प्रवर्द्धन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने एनआरएनए क्यानडाका उपाध्यक्ष समेत रहेका कार्यक्रमका सभापति किरोज श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पनि सम्मान गर्ने कार्यक्रम थियो।व्यस्तताका कारणका उनी उपस्थित हुन नसकेको जानकारी आयोजकले दिएको छ ।
तस्वीर : केदार कुँवर
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]