1 year ago
August 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मिक्समान्डुले भक्तविर सिंह इन्डोर टि-१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा मिक्समान्डुले मिक्समान्डु लेजेन्ड्सलाई १४ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।
मिक्समान्डुले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा लेजेन्ड्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ९७ मात्र बनाउन सक्यो ।
लेजेन्ड्सका लागि विवेक राना मगरले सर्वाधिक ५३ तथा सुमनले १७ रन बनाए । आदित्य १३ रनमा अविजित रहँदा उत्तम थापा मगरले ५ रन जोडे ।रुपेश श्रीवास्तवले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मिक्समान्डुले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । इशान पाण्डेले ३५ तथा रित गौतमले ३२ रन बनाए ।
च्याम्पियन भएसँगै मिक्समान्डुले १ लाख ८० हजार नगद, ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्यो । उपविजेता लिजेन्ड्सले भने ८० हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्यो ।
सर्वोत्कृष्ट ब्याटरमा ब्याकयार्ड ब्रुका सन्देश कार्की चयन भए । कार्कीले ५ हजार नगद प्राप्त गरे । ललित सिंह भण्डारी उत्कृष्ट बलर भए । बलर भण्डारीले नगद ५ हजार प्राप्त गरे । उत्कृष्ट फिल्डर महेश विष्ट भए । उनले नगद २ हजार प्राप्त गरे । प्लेयर अफ द टुर्नामेन्ट विधान श्रेष्ठले प्राप्त गरे ।श्रेष्ठले १० हजार नगद प्राप्त गरे ।
कटिया हाउस प्रालिको आयोजनामा साउन २२ बाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा १६ टोलीको सहभागीता रहेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]