4 weeks ago
August 17, 2024
सागर अधिकारी, काठमाडौं
नेपाली पुरुष क्रिकेट टोलीले हालसम्म ६६ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलिसकेको छ । सन् २०१८ अगस्ट १ मा ओडिआई डेब्यु गरेको नेपालले यसबीचमा धेरै उपलब्धि हासिल गरेको छ ।
नेपालले ओडीआई फर्म्याटमै धेरै कीर्तिमान पनि कायम गरेको छ । नेपालले ६६ मध्य ३४ खेलमा जित हात पारेको छ । ३४ खेलमा फरक फरक खेलाडीहरु चम्किएका छन् । ३४ खेल जित्दा ३३ पटक नेपाली खेलाडीले प्लेयर अफ द म्याच अवार्ड पाएका छन् ।
नेपालबाट ३३ प्लेयर अफ द म्याच अवार्ड १३ फरक खेलाडीले जितेका छन् । युएईसँगको १६ मार्च २०२३ मा नेपालले डकवर्थ लुईस पद्दतीमा जितेको खेलमा भने युएईका खेलाडी प्लेयर अफ द म्याच बनेका थिए ।
नेपालबाट ओडिआई क्रिकेटमा पहिलो प्लेयर अफ द म्याच हुने खेलाडी सोमपाल कामी हुन् । सोमपालले २०१८ अगस्ट ३ मा नेदरल्यान्ड्ससँगको खेलमा यो सफलता प्राप्त गरेका थिए । ओडिआईमा नेपालको पहिलो जित भएको खेलमा सोमपालले ४६ बलमा ६१ रन तथा ४१ रन खर्चिएर १ विकेट लिदै यो सफलता पाएका थिए । सो खेल नेपालले १ रनले जितेको थियो ।
नेपालबाट हालसम्म प्लेयर अफ द म्याच बनेका खेलाडीको सुची यसप्रकार रहेको छ ।
१) रोहित कुमार पौडेल र आसिफ शेख – ५ पटक
२) करण केसी, कुशल भुर्तेल, सन्दीप लामिछाने – ४ पटक
३) सोमपाल कामी, गुसन झा र दीपेन्द्रसिंह ऐरी – २ पटक
४) भीम सार्की, पारस खड्का, आरिफ शेख, अनिल कुमार शाह र कुशल मल्ल – १ पटक
नेपालका लागि ५ पटक प्लेयर अफ द म्याच अवार्ड जित्ने सुचीमा २ खेलाडी रहेका छन् ।
१) रोहित कुमार पौडेल
नेपालका वर्तमान कप्तान रोहित कुमार पौडेलले ५ प्लेयर अफ द म्याच अवार्ड जितेका छन् । रोहितले पहिलो प्लेयर अफ द म्याच अवार्ड पपुवा न्युगिनी विरुद्ध १९ सेप्टेम्बर २०२२ मा ८३ बलमा ६० रन बनाउँदै पाएका थिए । स्कटल्यान्डविरुद्ध २१ फेब्रुअरी २०२३ मा १ सय १ बलमा अविजित ९५ रन बनाउँदै उनी दोस्रो पटक प्लेयर अफ द म्याच घोषित भए ।
तेस्रो प्लेयर अफ द म्याच अवार्ड युएईविरुद्ध १२ मार्च २०२३ मा १ सय १२ बलमा ७७ रन बनाउँदै पाएका थिए । त्यसपछि गत वर्ष क्यानडाविरुद्ध सिरिजमा उनले दुई पटक अवार्ड जिते । एक खेलमा २२ रन खर्चिएर ४ विकेट लिँदै चौथो प्लेयर अफ द म्याच तथा क्यानडाविरुद्ध नै १ सय १ बलमा ८७ रन बनाउँदै पाँचौ पटक सो अवार्ड पाए ।
२) आसिफ शेख
नेपाली टिमका ओपनर आसिफ शेखले ५ प्लेयर अफ द म्याच अवार्ड जितेका छन् । सर्वप्रथम आसिफले स्कटल्यान्डविरुद्ध स्कटल्यान्डमा नै भएको खेलमा प्लेयर अफ द म्याच अवार्ड जितेका थिए । ६२ बलमा ७१ रन बनाएपछि उनी अवार्डको हकदार बने । युएईविरुद्ध आसिफले नेपालमै भएको १८ नोभेम्बर २०२२ को खेलमा दोस्रो पटक अवार्ड जिते ।
आसिफले तेस्रो प्लेयर अफ द म्याच अवार्ड नेपालमै नामिबियाविरुद्ध खेलमा ९८ बलमा ८१ रन बनाउँदै हात पारे । पिएनजीविरुद्ध अविजित ८६ रन बनाउँदै १८ फेब्रुअरी २०२३ मा आसिफले चौथो पटक यो अवार्ड जितेका थिए । पाँचौ प्लेयर अफ द म्याच अवार्ड २०२३ मार्च ९ मा पीएनजीविरुद्ध १ सय १० रन को शतकीय इनिङका लागि पाएका थिए ।
नेपालका लागि ४ पटक प्लेयर अफ द म्याच अवार्ड जित्ने सुचीमा ३ खेलाडी रहेका छन् ।
१) कुशल भुर्तेल
कुशलले अमेरिकाविरुद्ध ओमानमा भएको खेलमा पहिलो प्लेयर अफ द म्याच अवार्ड जितेका थिए । त्यस खेलमा कुशलले ८४ रन बनाउनुका साथै ३ क्याच पनि लिएका थिए । नेपालमा भएको नामिबियाविरुद्धको खेलमा कुशलले दोस्रो पटक म्यान अफ द म्याचको अवार्ड जितेका थिए । नामिबियाविरुद्ध कुशलले १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।
पिएनजीजिरुद्ध कुशलले तेस्रो पटक प्लेयर अफ द म्याच अवार्ड जितेका थिए । युएईमा भएको खेलमा कुशलले ५६ रन बनाउँदै यो अवार्ड जितेका थिए । चौथो पटक नेपालमै १७ फेब्रुअरी २०२४ मा भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशलले प्लेयर अफ द म्याच अवार्ड जिते । नेदरल्यान्ड्सविरुद्ध उनले २८ रन बनाउनुको साथै २० रन खर्चिएर ४ विकेट लिएका थिए ।
२) सन्दीप लामिछाने
नेपालमै १२ फेब्रुअरी २०२० मा भएको खेलमा अमेरिकाविरुद्ध सन्दीपले पहिलो प्लेयर अफ द म्याच अवार्ड पाएका थिए । सन्दीपले अमेरिकाविरुद्ध १६ रन खर्चिएर ६ विकेट लिएका थिए । ओमानमा ७ सेप्टेम्बर २०२१ मा पिएनजीविरुद्ध सन्दीपले दोस्रो पटक प्लेयर अफ द म्याच अवार्ड जिते । पिएनजीविरुद्ध सन्दीपले ३५ रन खर्चिएर ४ विकेट लिएका थिए ।
सन्दीपले १० सेप्टेम्बर २०२१ मा ओमानमा नै पिएनजीविरुद्धको ११ रन खर्चिएर ६ विकेट हात पारेपछि प्लेयर अफ द म्याच अवार्ड जिते । चौथो प्लेयर अफ द म्याच अवार्ड सन्दीपले नेपालमै भएको पीएनजीविरुद्धको खेलमा पाएका थिए । पिएनजीसँगको सो खेलमा उनले २५ रन खर्चिएर ५ विकेट लिएका थिए ।
३) करण केसी
करणले नेपालमै भएको अमेरिकासँगको खेलमा प्लेयर अफ द म्याचको पहिलो अवार्ड जितेका थिए । फेब्रुअरी ८ २०२० मा भएको खेलमा करणले ४ विकेट लिनुका साथै १२ रन समेत बनाएका थिए । ओमानमा भएको घरेलु टोलीसँगको खेलमा नै करणले दोस्रो पटक यो अवार्ड जिते । १९ सेप्टेम्बर २०२१ मा भएको खेलमा करणले २५ रन खर्चिदै ४ विकेट लिएका थिए ।
तेस्रो पटक १४ जुन २०२२ मा अमेरिकामा भएको ओमानविरुद्धको खेलमा करणले प्लेयर अफ द म्याच चुनिए । उक्त खेलमा उनले ३३ रन खर्चिएर ५ विकेट लिएका थिए । २० जुन २०२३ मा जिम्बावेमा अमेरिकाविरुद्धको खेलमा करणले चौथो पटक यो अवार्ड प्राप्त गरे । त्यस खेलमा करणले ३३ रन खर्चिएर ४ विकेट लिएका थिए ।
नेपालका लागि २ पटक प्लेयर अफ द म्याच अवार्ड जित्ने सुचीमा ३ खेलाडी रहेका छन् ।
१) सोमपाल कामी
आफ्नो करियरमा मात्र नभई नेपालको ओडिआई ईतिहासमा नै पहिलो प्लेयर अफ द म्याच सोमपाल नेदरल्यान्ड्सविरुद्धको खेलमा भएका थिए । ३ अगस्ट २०१८ मा भएको खेलमा सोमपालले ४६ बलमा ६१ रन बनाउनुको साथै ४१ रन खर्चिएर १ विकेट समेत लिएका थिए ।
दोस्रो प्लेयर अफ द म्याच सोमपालले युएईविरुद्धको खेलमा जितेका थिए । युएईमा २६ जनवरी २०१९ मा भएको खेलमा उनले ३३ रन खर्चिएर ५ विकेट लिएका थिए ।
२) गुलसन झा
युएईविरुद्ध १६ नोभेम्बर २०२२ मा नेपालमै भएको खेलमा झाले पहिलो प्लेयर अफ द म्याचको अवार्ड जितेका थिए । उक्त खेलमा झाले ३७ रन बनाउनुको साथै १ विकेट लिएका थिए ।
युएईविरुद्ध १ मे २०२३ मा भएको खेलमा गुलसनले दोस्रो प्लेयर अफ द म्याच अर्वाड जितेका थिए । सो खेलमा गुलसनले अविजित ६७ रन बनाउनुको साथै १ विकेट पनि लिएका थिए ।
३) दीपेन्द्रसिंह ऐरी
नेपालमै १७ फेब्रुअरी २०२३ मा स्कटल्यान्डविरुद्ध दीपेन्द्र पहिलो पटक अवार्ड जितेका थिए । उक्त खेलमा दीपेन्द्रले अविजित ८५ रन बनाएका थिए ।
जिम्बावेमा २ जुलाई २०२३ मा युएईविरुद्ध दीपेन्द्रले दोस्रो प्लेयर अफ द म्याच जितेका थिए । युएईविरुद्धको खेलमा दीपेन्द्रले अविजित ७९ रन तथा १ विकेट लिएका थिए ।
नेपालका लागि १ पटक प्लेयर अफ द म्याच अवार्ड जित्ने सुचीमा ५ खेलाडी रहेका छन् ।
१) पारस खड्का
नेपालको ओडिआई ईतिहासको पहिलो शतक बनाउदै युएईविरुद्ध पारसले पहिलो प्लेयर अफ द म्याच जितेका थिए । युएईमा २८ जनवरी २०१९ मा भएको खेलमा पारसले १ सय ९ बलमा १ सय १५ रन बनाउनुको साथै २ विकेट पनि लिएका थिए ।
२) आरिफ शेख
युएईमा २२ मार्च २०२२ मा भएको पीएनजीविरुद्धको खेलमा आरिफले पहिलो पटक प्लेयर अफ द म्याच जितेका थिए । उक्त खेलमा आरिफले १०२ बलमा अविजित ५९ रन बनाएका थिए ।
३) भीम सार्की
युएईमा घरेलु टोलीविरुद्ध ६ मार्च २०२३ मा भीमले पहिलो पटक प्लेयर अफ द म्याच अवार्ड पाएका थिए । उक्त खेलमा भीमले ९९ बलमा ७० रन बनाएका थिए ।
४) अनिलकुमार शाह
नेपालमा नै भएको क्यानडाविरुद्धको खेलमा शाहले पहिलो पटक प्लेयर अफ द म्याच अवार्ड जितेका थिए । अनिलले उक्त खेलमा १ सय २४ बलमा अविजित १ सय १२ रन बनाएका थिए ।
५) कुशल मल्ल
नेपालमा नै २१ अप्रिल २०२३ मा भएको ओमानविरुद्धको खेलमा कुशल पहिलो पटक प्लेयर अफ द म्याच भएका थिए । ओमानविरुद्धको उक्त खेलमा कुशलले ६४ बलमा १ सय ८ रन बनाएका थिए ।
September 10, 2024
काठमाडौं( हाम्रो खेलकुद) – अर्को बर्ष हुने आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकपको एसिया छनोट युएईमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमाटा राष्ट्रिय क्रिकेट टोलीमा फरक भूमिकामा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मंगलवार क्यानका सचिव पारस खड्काले टमाटालाई विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा हुने दुई सिरिजको लागि जिम्मेवारी दिएको बताए। क्रिकेट टोली […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ(क्यान) ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलवार बिदाइ गरेको छ । टोली आज साँझ क्यानडा तर्फ जानेछ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]