1 year ago
August 17, 2024
एजेन्सी – जिम्बाब्वेले महिला टि ट्वान्टी विश्वकप आयोजनाका लागि चासो देखाएको छ । आगामी अक्टोबर ३ तारिखदेखि बंगलादेशमा आयोजना हुने तय भएको उक्त प्रतियोगिता सरकारविरोधी आन्दोलनका कारण अन्यत्र सारिने सम्भावना रहेको छ ।
भारतले बिहीवार आयोजनाका लागि तयार नरहेको जनाएपछि युएईका बारेमा विकल्पको रुपमा छलफल भइरहेको छ । विकल्पको सूचीमा जिम्बाब्वेले पनि आफुलाई उभ्याएको छ ।
सन् २०१८ र २०२३ मा अन्तिम दुई ओडिआई विश्वकप छनोटको सफलतापूर्वक आयोजना गरेपछि जिम्बाब्वेले आफूलाई क्रिकेटको ठूलो गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको छ । जिम्बाब्वेले पछिल्लो पटक सन् २००३ मा दक्षिण अफ्रिका र केन्यासँगै विश्वकप आयोजना गरेको थियो ।
हालका लागि जिम्बाब्वेले हरारे स्पोर्ट्स क्लब (जसमा भर्खरै स्थापना गरिएको फ्लडलाइटहरू पनि छन्) र बुलावायोको क्विन्स स्पोर्ट्स क्लबलाई २०२४ को महिला टि ट्वान्टी विश्वकपको लागि प्रस्ताव गरेको छ ।
जिम्बाब्वे अक्टोबरमा गर्मीमा प्रवेश गर्दछ र न्यूनतम वर्षाको अपेक्षा गरिएको छ । भारतले पनि मौसमकै कारण आयोजना गर्ने प्रस्ताव अस्वीकार गरेको थियो । श्रीलंका पनि मौसमसँग कै कारण पछि हट्ने बुझिएको छ ।
महत्वपूर्ण विषय जिम्बाब्वेले धेरै राम्रो समर्थक उपस्थित गर्न सक्षम हुनेछ । यता, २० हजार भन्दा बढी मानिस अट्ने स्टेडियम भए पनि दर्शकको अभावलाई युएईको लागि प्रमुख चिन्ताको विषय हो ।
जिम्बाब्वे पनि आशावादी छ कि युएईको तुलनामा आफ्नो देशमा प्रतियोगिता आयोजना गर्न अपेक्षाकृत कम लागत लाग्नेछ । आइसिसी बोर्डले आगामी अगष्ट २० तारिखका दिन यस विषयमा निर्णय गर्ने सम्भावना छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]