1 year ago
August 18, 2024
एजेन्सी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो टेस्ट जितेको छ । दोस्रो टेस्टमा पाहुना टोली दक्षिण अफ्रिका ४० रनले विजयी भएको हो ।
दोस्रो टेस्टमा विजयी भएसँगै पाहुना टोलीले सिरिज १-० ले जितेको छ । दुईबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
दक्षिण अफ्रिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २ सय २२ रन मात्र बनाउन सक्यो ।
घरेलु टोलीका लागि गुणकेश मोटीले सर्वाधिक ४५, जोशुआ डि सिल्भाले २७, केभिम होड्जले २९ तथा कप्तान केग्री ब्रेथवेट र जोमिल वारिक्यानले समान २५ रन जोडे ।
पाहुना टोलीका लागि केशब महाराज र कागिसो रबडाले समान ३, वायन मुल्दार र डेन पाइटले समान २ विकेट लिए ।
पहिलो इनिङमा १६ रनको सामान्य अग्रता बनाएको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा २ सय ४६ रन थपेको थियो ।
टोलीका लागि काइल वेरीएन्ने ७८ बलमा सर्वाधिक ५९, ओपनर एडेन मारकमले १ सय ८ बलमा ५१, अर्का ओपनर टोनि डि जोर्जीले ३९, वायन मुल्दारले ३४ रन बनाएका थिए ।
ट्रिस्टन स्टम्सले १६ रन जोडे । वेस्ट इन्डिजका लागि जयडेन सेल्सले १८.४ ओभरमा ६१ रन खर्चिएर ६ विकेट लिए । गुणकेश मोटी र जोमिल वारिक्यानले समान २ विकेट लिए ।
वेस्ट इन्डिजको गयनामा बिहिवार भएको दोस्रो टेस्टमा टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो इनिङमा १ सय ६० रनमा अल आउट भएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेन पाइटले ६० बलमा अविजित रहँदै सर्वाधिक ३८ रन जोडे । डेविड बेडिन्हामले ५४ बलमा २८, ट्रिस्टन स्टम्सले २६, नान्द्रे बर्गरले २३, काइल वेरीएन्नेले ३३ बलमा २१ तथा ओपनर एडेन मारकमले ३० बलमा १४ रन बनाए ।
वेस्ट इन्डिजका लागि शेमार जोसेफले १४ ओभरमा ३३ रन खर्चिएर ५ विकेट लिए । जयडेन सेल्सले ३, गुणकेश मोटी र जेसन होल्डरले समान १ विकेट लिए ।
घरेलु टोलीले पहिलो इनिङमा १ सय ४४ रन मात्र बनायो । जसमा जेसन होल्डर ५४ रनमा अविजित रहँदा केसी कार्टीले ३७ बलमा २६, कप्तान गुणकेश मोटीले ३५ बलमा ११ रन जाेडे ।
दक्षिण अफ्रिकाका लागि वायन मुल्दारले ४, नान्द्रे बर्गरले ३ तथा केशव महाराजले २ विकेट लिए । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज सुरु हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]