default_image

3 weeks ago

August 19, 2024

नेपालबाट सर्वाधिक ओडिआई खेल्ने १० खेलाडी

3676 views

0 Bookmark

सागर अधिकारी, काठमाडौं

नेपाली पुरुष क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता पाएको ६ वर्ष पूरा भइसकेको छ। यो बीचमा टोलीले ६६ ओडिआई खेलिसकेको छ । सन् २०१८ अगस्ट १ मा ओडिआई डेब्यु गरेको नेपालले यसबीचमा धेरै उपलब्धि हासिल गरेको छ ।

नेपालका लागि ओडिआई क्रिकेटमा ४१ खेलाडीले देशको प्रतिनिधित्व गरिसकेका छन् । पहिलो ओडिआई खेल देखि अहिलेसम्म पनि केही खेलाडी टोलीका नियमित सदस्य छन् । देशका लागि ओडिआई टोलीबाट सर्वाधिक खेल खेल्ने शीर्ष १० खेलाडी यसप्रकार रहेका छन् ।

१) रोहित कुमार पौडेल

टोली कप्तान समेत रहेका रोहितले नेपालका लागि सर्वाधिक ओडिआई खेलेका छन् । रोहितले हालसम्म ६१ ओडिआई खेलिसकेका छन् । रोहितले नेपालको लागि ऐतिहासिक रहेको ३ अगस्ट २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेका हुन् । सो खेल ओडिआई इतिहासमा नेपालले जित हात पारेको पहिलो खेल थियो । नेपालले उक्त खेलमा १ रनको रोमान्चक जित दर्ता गरेको थियो ।

रोहितले ६१ खेलमा १ शतक र ९ अर्धशतक सहित १ हजार ५ सय ८६ रन बनाएका छन् । रोहितले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध बनाएको १ सय २६ रन नै उनको करियरमा १ इनिङमा बनेको सर्वाधिक रन हो । उनले पिएनजीविरुद्ध २५ मार्च २०२२ मा शतक बनाए थिए । उनले युएई, अमेरिका र पिएनजीसँग समान २, नामिबिया, स्कटल्यान्ड र क्यानडाविरुद्ध समान १ पटक अर्धशतक पूरा गरेका छन् ।

रोहितको नाममा ९ विकेट समेत छ । रोहितको करियरको उत्कृष्ट बलिङ क्यानडाविरुद्ध ८.५ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिनु हो । उनले ओडिआईमा नेपालका लागि ५ प्लेयर अफ द म्याच समेत जितेका छन् ।

२) दीपेन्द्र सिंह ऐरी

टोलीका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपालका लागि सर्वाधिक ओडिआई खेल्ने खेलाडीको सुचीमा दोस्रो नम्बरमा आउँछन् । उनले नेपालका लागि ५५ ओडिआई खेल खेलेका छन् । दीपेन्द्रले नेपालले नेदरल्यान्ड्समा घरेलु टोलीविरुद्ध खेल्दै डेब्यु गरेको ओडिआईमा आफ्नो पहिलो खेल खेलेका थिए ।

दीपेन्द्रले ५५ ओडिआई खेलमा १ शतक ३ अर्धशतक सहित ८ सय ९६ रन बनाएका छन् । उनले पिएनजीविरुद्ध बनाएको १ सय ५ रन नै करियरमा बनाएको उच्च स्कोर हो । पिएनजीविरुद्धको शतक दीपेन्द्रले २६ मार्च २०२२ मा बनाएका थिए । उनले युएईसँग २ र स्कटल्यान्डसँग १ पटक अर्धशतक पूरा गरेका थिए ।

दीपेन्द्रले हालसम्म ३८ विकेट आफ्नो नाममा लेखाएका छन् । युएईविरुद्ध ८ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिनु नै दीपेन्द्रको बलिङमा करियर उत्कृष्ट प्रदर्शन हो । दीपेन्द्रले ओडिआईमा २ पटक प्लेयर अफ द म्याच जितेका छन् ।

३) सोमपाल कामी

टोलीका नियमित सदस्य सोमपाल कामी नेपालका लागि सर्वाधिक ओडिआई खेल्ने खेलाडीको सुचीमा तेस्रो स्थानमा छन् । सोमपालले नेपालका लागि ५४ ओडिआई खेलिसकेका छन् । सोमपालले पहिलो खेल नेपालले नेदरल्यान्ड्समा घरेलु टोलीविरुद्ध खेल्दै डेब्यु गरेको ओडिआईमा रहेको थियो ।

सोमपालले ओडिआईमा ७१ विकेट आफ्नो नाममा गरिसकेका छन् । युएईविरुद्ध ६.३ ओभरमा ३३ रन खर्चिएर ५ लिनु नै सोमपालको करियरको उत्कृष्ट बलिङ प्रदर्शन हो । सोमपालले ५४ ओडिआई खेलमा २ अर्धशतक सहित ५ सय ९६ रन बनाएका छन् । उनले ओमानविरुद्ध बनाएको नटआउट ६६ रन नै करियरको उच्च स्कोर हो । नेदरल्यान्ड्स र ओमानविरुद्ध समान १ अर्धशतक पूरा गरेका उनले ओडिआईमा २ पटक प्लेयर अफ द म्याच जितेका छन् ।

४) कुशल भुर्तेल

टोलीका नियमित सदस्य कुशल भुर्तेल नेपालका लागि सर्वाधिक ओडिआई खेल्ने खेलाडीको सुचीमा चौथो स्थानमा रहेका छन् । कुशलले नेपालका लागि ५२ ओडिआई खेल खेलेका छन् । कुशलले ७ सेम्टेम्बर २०२१ मा ओमानमा पिएनजीविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

कुशलले ५२ ओडिआई खेलमा १ शतक र ८ अर्धशतक सहित १ हजार २ सय १९ रन बनाएका छन् । उनले नामिबियाविरुद्ध बनाएको १ सय १५ रन नै करियरको उच्च स्कोर हो । कुशलले पीएनजीसँग २ तथा अमेरिका, युएई, जिम्बाब्वे, क्यानडा र नेदरल्यान्ड्ससँग समान १ पटक अर्धशतक पूरा गरेका छन् ।

कुशलले ओडिआई करियरमा ११ विकेट लिएका छन् । नेदरल्यान्ड्सविरुद्ध ७ ओभरमा २० रन खर्चिएर ४ विकेट लिनु नै कुशलको बलिङ करियरको उत्कृष्ट प्रदर्शन हो । कुशलले ओडिआईमा ४ पटक प्लेयर अफ द म्याच जितेका छन् ।

*टोलीका नियमित सदस्यहरु आरिफ शेख, करण केसी र सन्दीप लामिछाने सर्वाधिक ओडिआई खेल्ने खेलाडीको सुचीमा पाँचौ स्थानमा छन् । तीनैले नेपालका लागि समान ५१ ओडिआई खेल खेलेका छन् ।

५) आरिफ शेख

नियमित सदस्य आसिफ शेख नेपालका लागि सर्वाधिक ओडिआई खेल्ने खेलाडीको सुचीमा पाँचौ स्थानमा रहेका छन् । आसिफले नेपालका लागि ५१ ओडिआई खेल खेलेका छन् । आरिफले १ अगस्ट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध भएको नेपालको पहिलो ओडिआई खेलमा डेब्यु गरेका थिए ।

आरिफले ५१ ओडिआई खेलमा ६ अर्धशतकसहित ९ सय ६४ रन बनाएका छन् । आरिफले पिएनजी, ओमान, अमेरिका, नामिबिया र वेस्ट इन्डिजसँग समान १ अर्धशतक बनाएका छन् । आरिफले ओडिआई करियरमा अहिलेसम्म ६ विकेट लिएका छन् । पिएनजीविरुद्ध ६ ओभरमा १६ रन खर्चिएर १ विकेट लिनु नै उनको बलिङ करियरको हालसम्मकै उत्कृष्ट प्रदर्शन हो । आरिफले ओडिआईमा १ पटक प्लेयर अफ द म्याच जितेका छन् ।

५) करण केसी

करणले नेपालका लागि ५१ ओडिआई खेल खेलेका छन् । करणले १ अगस्ट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध भएको नेपालको पहिलो ओडिआई खेलमा डेब्यु गरेका थिए । करणले ओडिआई करियरमा अहिलेसम्म ७४ विकेट लिएका छन् ।

करणले एकै इनिङमा ३ पटक ५ र ५ पटक ४ विकेट लिएका छन् । ओमानविरुद्ध ९ ओभरमा ३३ रन खर्चिएर ५ विकेट लिनु नै उनको बलिङ करियरको उत्कृष्ट प्रदर्शन हो । करणले ५१ ओडिआई खेलमा ४ सय १२ रन बनाएका छन् । उनलेले हालसम्म ओडिआईमा ४ पटक प्लेयर अफ द म्याच जितेका छन् ।

५) सन्दीप लामिछाने

सन्दीपले नेपालका लागि ५१ ओडिआई खेलेका छन् । सन्दीपले १ अगस्ट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध भएको नेपालको पहिलो ओडिआई खेलमा डेब्यु गरेका थिए । उनले ओडिआई करियरमा अहिलेसम्म १ सय १२ विकेट लिएका छन् । सन्दीपले एकै इनिङमा ३ पटक ५ वा सो भन्दा बढी र ८ पटक ४ विकेट लिएका छन् ।

पिएनजीविरुद्ध ५.१ ओभरमा ११ रन खर्चिएर ६ विकेट लिनु नै उनको बलिङ करियरको उत्कृष्ट प्रदर्शन हो । सन्दीपले ५१ ओडिआई खेलमा ३ सय ७६ रन बनाएका छन् । उनले ओडिआईमा ४ पटक प्लेयर अफ द म्याच जितेका छन् ।

८) आसिफ शेख

टोलीका नियमित सदस्य आसिफ शेख नेपालका लागि सर्वाधिक ओडिआई खेल्ने खेलाडीको सुचीमा आठौं स्थानमा छन् । आसिफले नेपालका लागि ४९ ओडिआई खेलेका छन् । आसिफले ७ सेम्टेम्बर २०२१ मा ओमानमा पिएनजीविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

आसिफले ४९ ओडिआई खेलमा १ शतक र १२ अर्धशतक सहित १ हजार ४ सय १ रन बनाएका छन् । उनले पीएनजीविरुद्ध बनाएको १ सय १० रन नै करियरको उच्च स्कोर हो । आसिफले पिएनजी, ओमान र नामियिासँग समान २ तथा अमेरिका, स्कटल्यान्ड, युएई, जिम्बाब्वे, भारत र नेदरल्यान्ड्ससँग समान १ पटक अर्धशतक पूरा गरेका छन् । आसिफले ओडिआईमा ५ पटक प्लेयर अफ द म्याच जितेका छन् ।

९) ज्ञानेन्द्र मल्ल

टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नेपालका लागि सर्वाधिक ओडिआई खेल्ने खेलाडीको सुचीमा नवौं स्थानमा छन् । उनले ३७ ओडिआई खेलेका छन् । ज्ञानेन्द्रले १ अगस्ट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध भएको नेपालको पहिलो ओडिआई खेलमा डेब्यु गरेका थिए ।

ज्ञानेन्द्रले ३७ ओडिआई खेलमा ७ अर्धशतक सहित ८ सय ७६ रन बनाएका छन् । उनले ओमानविरुद्ध बनाएको ७५ रन नै करियरको उच्च स्कोर हो । ज्ञानेन्द्रले नामिबिया र ओमानसँग समान २ तथा अमेरिका, युएई र नेदरल्यान्ड्ससँग समान १ पटक अर्धशतक बनाए थिए । ज्ञानेन्द्रले ओडिआई करियरमा अहिले सम्म १ विकेट लिएका थिए ।

१०) कुशल मल्ल

टोलीका अर्का नियमित सदस्य कुशल मल्ल नेपालका लागि सर्वाधिक ओडिआई खेल्ने खेलाडीको सुचीमा दशौं स्थानमा रहेका छन् । उनले ३६ ओडिआई खेलेका छन् । कुशलले ८ फेब्रुअरी २०२० मा अमेरिकाविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

कुशलले ३६ ओडिआईमा १ शतक र ४ अर्धशतक सहित ७ सय १६ रन बनाएका छन् । उनले ओमानविरुद्ध बनाएको १ सय ८ रन नै करियरको उच्च स्कोर हो । कुशलले अमेरिका, युएई, नामिबिया र स्कटल्यान्डसँग समान १ पटक अर्धशतक बनाएका छन् ।

कुशलले ओडिआई करियरमा २४ विकेट लिएका छन् । पिएनजीविरुद्ध ३ ओभरमा ६ रन खर्चिएर २ विकेट लिनु नै कुशलको बलिङ करियरको उत्कृष्ट प्रदर्शन हो । उनले ओडिआईमा १ पटक प्लेयर अफ द म्याच जितेका छन् ।

September 11, 2024

नेपालले द हङकङ क्रिकेट सिक्सेस खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले द हङकङ क्रिकेट सिक्सेस खेल्ने भएको छ । हङकङ क्रिकेट सिक्सेसनेपाली टोली सहभागी हुने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । ‘सुपर सिक्सेसमा नेपालले पहिलो पटक भाग लिने छ । लामो इतिहास भएको प्रतियोगितामा सहभागी हुन पाउनु खुसी विषय हो,’ प्रवक्ता लामाले भने, ‘ नेपालबाट कस्तो टोली सहभागी गराउने […]

September 10, 2024

यु १९ महिला टि ट्वान्टी विश्वकप छनोट युएईमा हुने

काठमाडौं( हाम्रो खेलकुद) – अर्को बर्ष हुने आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकपको एसिया छनोट युएईमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा […]

September 10, 2024

क्रिकेट टोलीमा फरक‌ भूमिकासहित टमाटाको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमाटा राष्ट्रिय क्रिकेट टोलीमा फरक‌ भूमिकामा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मंगलवार क्यानका सचिव पारस खड्काले टमाटालाई विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा हुने दुई सिरिजको लागि जिम्मेवारी दिएको बताए। क्रिकेट टोली […]

Success

Thank you for your time.