default_image

1 year ago

August 20, 2024

‘एनपिएलबाट सुरुवातमै धेरै अपेक्षा नराखौ’ – सन्दीप

2621 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) को सुरुवातमा नै धेरै अपेक्षा राख्न नहुने नेपाल क्रिकेट टोलीका पुर्वकप्तान समेत रहेका लेगस्पिनर सन्दीप लामिछानेले बताएका छन् ।

एपिएलको लोगो तथा मिती सार्वजनिक गर्न आयोजित कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुरा गर्दै सन्दीपले लिगबाट अहिले नै ठूलो अपेक्षा नगर्न अनुरोध गरेका छन् ।

‘एकैचोटी धेरै अपेक्षा राख्नु म जायज ठान्दिन । आज एउटा सुरु भएको छ । यसबाट यही वर्ष भन्दा पनि अबको ५ वर्ष पछिको बारेमा सोचौ,’ सन्दीपले भने, ‘यो लिग कहाँ हुनेछ । कस्तो रुपमा हुनेछ । कसरी यसले इन्टरनेसनल फ्रेन्चाइज लिगको रुपमा आफुलाई स्थापित गर्नेवाला छ । कसरी वर्ल्डकै प्रमुख लिगमा आउँनेछ । यसको यात्रा रमाइलो हुनेछ ।’

उनले आफ्नो लागि वर्ल्डकप एउटा ड्रिम रहेको र त्यो पूरा गर्न पाएकोमा खुसी लागेको उनले बताए । ‘वर्ल्डकप भनेको सबैका लागि एउटा ड्रिम हो । ८/९ वर्ष भइसकेको थियो नेसनल टिमबाट खेलेको पनि वर्ल्डकपको ड्रिम थियो । पूरा भएको छ,’ उनले भने ‘हामीले धेरै खेलहरु नजिक नजिक पुगेर हार्न पुग्यौ । त्यसलाई जितमा बदल्न सकिन्थ्यो । केही छैन अर्को पटक राम्रो गर्नेछौ । विश्वकपले हरेक खेलाडीमा विश्वका जुनसुकै टिमलाई समेत हामीले हराउन सक्छौ भन्ने विश्वास चै आएको छ ।’

आफुले एनपिएलका लागि गर्न सक्ने हरेक किसिमको सहयोग गर्न आफु तयार रहेको सन्दीपले बताए । ‘मसँग नजिक हुनु भएका विदेशी प्लेयरलाई कन्ट्याक गर्ने हुन्छ । या लिगलाई भव्य बनाउन मेरो तर्फबाट हुने सबै योगदान दिन म तयार रहेको छु,’ सन्दीपले थपे , ‘लिगको मिति घोषणा भएको समयमा हामीसँग कुनै पनि लिग नजुध्ने र त्यो समयमा इन्टरनेसनल गेमहरु पनि कम हुने हुँदा सहज हुनेछ ।’

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।
समर्थकहरुका कारण नेपाली क्रिकेट विश्वकप लगायतका मन्चमा छुट्टै छाप छोड्न सफल भएको सन्दीपले बताए ।

उनले अगाडि भने ‘पहिले मैले हरेक लिगमा गएर नेपाली समर्थकका बारेमा भनिरहनु पर्ने थियो । गएको वर्ल्डकप पछि सबै जनाले नेपाली क्रिकेट समर्थकका बारेमा थाहा पाइसक्नु भएको छ ।’

क्यानडाबाट आइतवार स्वदेश फर्केका सन्दीप आज भारत जाने बताइएको छ। विश्व कप लिग टुको‌ तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतमा रहेको छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.