default_image

1 year ago

August 21, 2024

‘एनपिएल तोकिएकै समयमा हुन्छ’ – क्यान अध्यक्ष चन्द

660 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) तोकिएकै समयमा आयोजना हुने बताएका छन् ।

क्यानले सोमबार आयोजना गरेको लिगको लोगो अनावरण कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुराकानी गर्दै अध्यक्ष चन्दले सरोकारवाला सबै पक्ष सकारात्मक रहेकाले लिग तोकिएकै मितीमा संचालन हुने बताए ।

‘सरकार सबै कुरामा पोजेटिभ छ । आइसिसी हामीलाई सबैप्रकारको सहयोग गर्न तयार छ । कार्यसमितीले पूरा मेहेनतका साथ काम गरिरहेको छ,’ अध्यक्ष चन्दले भने ‘समर्थकहरुको चाहना लिग उत्कृष्ट होस् भन्ने नै छ । साना साना व्यबधानहरु आएमा त्यसलाई वार्ताबाट समाधान गर्न क्यान तयार छ । लिग तोकिएकै मितीमा हुन्छ ।’

क्यानले सोमबार एनपिएलको लोगो अनावरण सहित आगमी मंसीर १५ देखि पुस ६ गतेसम्म पहिलो संस्करणको लिगको मिति तय गरेको छ । अध्यक्ष चन्दका अनुसार लिग सफल पार्नका लागि क्यान सचिव पारस खड्काको संयोजकत्वमा ३ जनाको एउटा कमिटी रहेको छ । यो कमिटी अनवरत मेहेनतमा लागि रहेको उनले बताए ।

एनपिएलको पहिलो संस्करणमा नै क्यानका लागि र खेलाडीका लागि राम्रो आर्थिक फाइदाको योजनामा आफुहरु लागि रहेको अध्यक्ष चन्दले बताए । ‘पहिलो संस्करणकै लिगबाट क्यान तथा खेलाडीहरुलाई राम्रो गराउने वातावरण मिलाउन सचिव जीको नेतृत्वमा रहेको कार्यदल लागि रहेको छ,’ उनले भने ‘यस लिगबाट क्रिकेट संघ आर्थिक रुपले सबल हुन्छ । यसले गर्दा ग्रासरुट क्रिकेट विकासमा राम्रो मद्दत मिल्नेछ ।’

दुई वर्ष अघि भएको विवादित नेपाल टि२० लिगमा केही टिमका खेलाडीको पैसा दिन बाँकी रहेको उनले बताए । चन्दका अनुसार सहभागी ६ टिम मध्ये २ टिमको समान ३५ प्रतिशत रकम दिन बाँकी रहेको र त्यो चाडै नै भुक्तानी हुनेछ ।

‘नेपाल टि२० लिग पनि मेरै कार्यकालमा भएको थियो । एक सिक्काका दुई पाटा भए जस्तै त्यस समयमा नराम्रा पक्ष धेरै सक्रिय भए ,’ उनले थपे ‘त्यो लिगमा भएका नराम्रा पक्षलाई विचार गर्दै यस लिगलाई सफल बनाउने हामी सबैको लक्ष्य रहेको छ ।’

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.