default_image

1 year ago

August 21, 2024

लिग टुमा अमेरिकामाथि नेदरल्यान्ड्सको जित

2378 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अमेरिकामाथि जित हात पारेको छ ।

आइसिसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो ।

यो खेलसँगै लिग टुको चौथो राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमायो । अमेरिकाले २ मा जित तथा २ खेलमा हारको सामना गर्यो ।

नेदरल्यान्ड्समा बुधवार भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि २७ रनको जित हात पारेको हो ।

नेदरल्यान्ड्सले दिएको २ सय ७ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४५.५ ओभरमा अल आउट हुदै १ सय ७९ रन मात्र बनायो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्वाधिक ६६ रन जोडे । उनले ७९ बलमा ८ चौका र १ छक्का प्रहार गरे । शयान जाहिङ्गर र हरमित सिंहले समान २० तथा शाल्डी भान साक्वयले १२ रन बनाए।

नेदरल्यान्ड्सका काइल क्लेनले ४ , पल भान मेकरमले ३, आर्यान दत्त र भिभियन किंग्माले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४९.१ ओभरमा २ सय ६ रन जोड्दै अल आउट भएको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडाउडले सर्वाधिक ७७ रन जाडे । उनले १ सय २६ बलमा ६ चौका प्रहार गरेका थिए ।

अर्का ओपनर माइकल लेभिटले ३८ बलमा ३३, नोहा क्रोसले ३३ बलमा २७, विक्रमजित सिंहले २१ बलमा १८ तथा आर्यान दत्तले १० रन बनाए ।

अमेरिकाका लागि नोस्तुक केजिंके, शाल्डि भान साक्वय र हरमित सिंहले समान २ विकेट लिए ।

८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स १२ अंकका साथ शीर्ष स्थानमा छ । पराजित अमेरिका ४ अंकका साथ पाँचौ स्थानमा छ ।

अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.