1 year ago
August 22, 2024
एजेन्सी – तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाविरुद्ध घरेलु टोलीले पहिलो इनिङको राम्रो सुरुवात गरेको छ ।
घरेलु टोलीले पहिलो दिन बुधवारको खेल सकिदा ४ ओभरमा कुनै विकेट नगुमाई २२ रन जोडेको छ । घरेलु टोलीका ड्यान लरेन्स ९ तथा बेन डुकेट १३ रनमा अविजित रहेका छन् ।
त्यसअघि म्यानचेस्टरमा टस जितेर ब्याटिङ गरेको पाहुना टोली २ सय ३६ रनमा अल आउट भएको थियो । श्रीलंकाको पहिलो इनिङमा कप्तान धनन्जय डि सिल्भाले सर्वाधिक ७४ रन जोडे ।
यसै खेलबाट टेस्ट डेब्यु गरेका मिलन रत्नायकेले ७२, कुशल मेन्डिसले २४ रन बनाए । दिनेश चन्डिमलले १७, भिश्वा फर्नान्डोले १३, कमिन्डु मेन्डिसले १२ र प्रबात जयसुर्याले १० रन थपे।
घरेलु टोलीका लागि शोयब बसिर र क्रिस वोक्सले समान ३ तथा गस एटकिन्सनले २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]