default_image

1 year ago

August 24, 2024

क्यानडामाथि नेदरल्यान्ड्सको सहज जित

665 views

0 Bookmark

एजेन्सी – घरेलु टोलीले नेदरल्यान्ड्समा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ

स्पोर्टपार्क मार्सचलकरवेर्ड, यूट्रेक्टमा शुक्रवार भएको खेलमा नेदरल्यान्ड्सले क्यानडा माथि ५ विकेटको जित निकालेको छ । सिरिजमा अर्को टोली अमेरिका छ।

क्यानडाले दिएको १ सय ५३ रनको मध्यम लक्ष्य नेदरल्यान्ड्सले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिट र विक्रमजित सिंहले अर्धशतक पूरा गरे । लेभिटले ४७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६२ जोडे।

विक्रमजित सिंहले २१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए । म्याक्स ओडाउडले २३ रन थपे ।

क्यानडाका लागि हर्ष ठाकर र साद विन जाफरले समान २ तथा कलिम सानाले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रनको मध्यम योगफल तयार गरेको थियो ।

क्यानडाका कप्तान निकोलस किर्तनले ५८ बलमा ८ चौकाको सहयोगमा नट आउट रहँदै सर्वाधिक ६९ रन जोडे । रविन्द्रपाल सिंहले १८ बलमा १ चौका र ४ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए ।

नेदरल्यान्ड्सका लागि काइल क्लेनले ३, जैच लायन कैचेट र ड्यानियल डोरमले समान १ विकेट लिए । सिरिजमा शनिवार क्यानडा र अमेरिकाबीच खेल हुँदैछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.