default_image

9 years ago

February 8, 2017

श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको लगातार चौथो जित

173 views

0 Bookmark

केप टाउन (एजेन्सी) – श्रीलंकाविरुद्ध पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिइसकेको दक्षिण अफ्रिकाले गए राती चौथो खेलमा ४० रनको जित हासिल गरेको छ । ३ सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै ३ सय २७ रन बनाएको थियो ।

Imran Tahir

राम्रो सुरुवात गरेको श्रीलंकाको पहिलो विकेटका लागि निरोशन डिक्वेला र उपुल थरगांले १ सय ३९ रनको साझेदारी गरेका थिए । डिक्वेलाले अर्धशतक पुरा गरे भने थारंगशाले शतक बनाए । ४७ बलको सामना गर्दै डिक्वेलाले ९ चौकासहित ५८ रन जोडे । थारगांले ९० बलमा ११ चौका र ७ छक्कासहित १ सय १९ रनको योगदान गरे ।

थारगांलाई गुमाउदा श्रीलंकाले ३ विकेटको क्षतिमा २ सय १६ रन बनाइसकेको थियो । तर पछिल्लो क्रममा ब्याट्सम्यान मध्ये सनदुन विराकोडी (५८ रन) र एस्ला गुणारत्ने (३८रन) बाहेक कसैले दोहोरो अंक बनाउन नसक्दा श्रीलंकाले लगातार चौथो हार बेहोर्नु परेको थियो । दक्षिण अफ्रिकाका लागि वायने पार्नेलले ४, ड्वाइने प्रिटोरियस,कागिसो राबाडा र इमरान ताहिरले समान २ विकेट लिए । इमरानले अन्तिम ओभरमा दुई विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले फा डु प्लेसिसको कीर्तिमानी इनिङ्ससँगै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ६७ रनको योगफल तयार गरेको थियो । प्लेसिसले व्यक्तिगत उच्च स्कोर बनाउने क्रममा १ सय ८५ रनको इनिङ्स खेलेका थिए । १ सय ४१ बल खेलेका उनले १६ चौका र ३ छक्का प्रहार गरे ।

टोलीका कप्तान एबी डि भिलियर्सले ६२ बलमा ४ चौकासहित ६४ र क्विन्टन डी ककले ४६ बलमा ७ चौका साथ ५५ रन बनाए । फरहान बेहार्डिनले ३६ र जेपी डुमिनीले २० रन जोडे । भ्रमणकारी टोलीका लागि लाहिरु कुमारा र सचिथ पथिरानाले समान २ तथा लाहिरु माधुशंकाले १ विकेट लिए । श्रृखंलाको पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.