1 year ago
August 24, 2024
एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले पहिलो इनिङमा सामान्य अग्रता बनाएको छ ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा पाहुना टोली ५ सय ६५ रनमा अल आउट भयो । पहिलो इनिङमा बंगालादेशले १ सय १७ रनको अग्रता बनाएको थियो ।
टोलीका मुस्फिकुर रहिमले १ सय ९१ रनको शतकीय पारी खेले । ओपनर शदमान इस्लामले ९३, मेहेदी हसन मिराजले ७७, लिटन दासले ५६, मोमिनुल हकले ५०, साकिब अल हसनले १५, कप्तान नजमल हसन शान्तोले १६ तथा जाकिर हुसैन १२ रनमा जोडे ।
घरेलु टोलीका लागि नसिम शाहले ३, साहिन शाह अफ्रिदी, खुरम शाहजाद र मोहम्मद अलिले समान २ विकेट लिए ।
शनिवार नै दोस्रो इनिङको सुरुवात गरेको पाकिस्तानले १ विकेट गुमाएर २३ रन जोडेको छ । घरेलु टोलीका लागि अब्दुल्लाह शफिक १२ तथा कप्तान शान मक्सुद ९ रनमा नट आउट छन् । बंगालादेशका शरिफुल इस्लामले १ विकेट आफ्नो नाम गरेका छन् । चौथो दिनको खेल सकिदा पाकिस्तान ९४ रनले पछि रहेको छ ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ६ विकेट गुमाएर ४ सय ४८ रन जोड्दै पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । घरेलु टोलीका लागि साउद सकिल र मोहम्मद रिजवानले शतकीय पारी खेलेका थिए ।
बंगलादेशका लागि हसन महमुद र शरिफुल इस्लामले समान २ तथा मेहिदी हसन मिराज र सकिब अल हसनले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो टेस्ट अगस्ट ३० बाट सुरु हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]