default_image

1 year ago

August 25, 2024

पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

665 views

0 Bookmark

एजेन्सी – बंगलादेशले पाकिस्तानमाथि टेस्ट क्रिकेटमा एतिहासिक जित दर्ता गरेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा पाहुना टोलीले पहिलो टेस्ट १० विकेटले आइतवार जितेको छ।

बंगलादेशले पाकिस्तान टेस्ट क्रिकेटमा हराएको यो पहिलो पटक हो । यसअघि १३ खेल खेल्दा पाकिस्तान १२ मा विजयी हुँदा १ खेल बराबरीमा सकियो थियो ।

पाकिस्तानले दिएको ३० रनको झिनो लक्ष्य बंगालादेशले कुनै विकेट नगुमाई ६.३ ओभरमा पूरा गर्यो ।बंगलादेशका लागि ओपनरद्वय जाकिर हसन १५ तथा शदमान इस्लाम ९ रनमा नट आउट रहे ।

पहिलो इनिङमा १ सय १७ रनले पछि परेको घरेलु टोलीले दोस्रो इनिङमा १ सय ४६ रन मात्र जोड्न सक्यो । टोलीलका मोहम्मद रिजवानले सर्वाधिक ५१ रन जोडे ।

ओपनर अब्दुल्लाह सफिकले ३७, बाबर अजामले २२ तथा कप्तान शान मक्सुदले १४ रन बनाएका थिए । बंगालादेशका लागि मेहेदी हसन मिराजले ४, शकिब अल हसनले ३ तथा नहिद राना, शरिफुल इस्लाम र हसन महमुदले समान १ विकेट लिए ।

बंगलादेश पहिलो इनिङमा ५ सय ६५ रनमा अल आउट भएको थियो । मुस्फिकुर रहिमले ३ सय ४१ बलमा १ सय ९१ रनको शतकीय पारी खेलेका थिए।

ओपनर शदमान इस्लामले ९३, मेहेदी हसन मिराजले ७७, लिटन दासले ५६, मोमिनुल हकले ५०, साकिब अल हसनले १५, कप्तान नजमल हसन शान्तोले १६ तथा जाकिर हसनले १२ रन बनाए थिए।

घरेलु टोलीका लागि नसिम शाहले ३, साहिन शाह अफ्रिदी, खुरम शाहजाद र मोहम्मद अलिले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ६ विकेट गुमाएर ४ सय ४८ रन जोड्दै पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । घरेलु टोलीका लागि साउद सकिल र मोहम्मद रिजवानले शतकीय पारी खेलेका थिए ।

बंगलादेशका लागि हसन महमुद र शरिफुल इस्लामले समान २ तथा मेहिदी हसन मिराज र सकिब अल हसनले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो टेस्ट अगस्ट ३० बाट सुरु हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.