1 year ago
August 26, 2024
एजेन्सी – नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । सिरिजको चौथो खेलमा सोमवार नेदरल्यान्ड्समाथि क्यानडाले ८ रनको रोमान्चक जित हात पारेको हो ।
क्यानडाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन मात्र बनायो ।
नेदरल्यान्ड्सका लागि नोह क्रोसले २८ बलमा सर्वाधिक ३२ रन जोडे । राइन क्लेन र विक्रमजित सिंहले समान २२ तथा माईकल लेभिटले १३ रन जोडे ।
क्यानडाका लागि कलिम साना र प्रविन कुमारले समान २ तथा डिलोन हेलिङ्गर र साद विन जाफरले समान १ विकेट लिए ।
त्यसअघि हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल बनाएको थियो ।
क्यानडाका लागि श्रेयस मोभ्भा र साद विन जाफरले समान ३३ रन जोडे । कप्तान निकोलस किर्तनले १३, डिलोन हेलिङ्गरले १२ तथा हर्ष टाकरले १० रन बनाए ।
नेदरल्यान्ड्सका लागि काइल क्लेन र पल भान मेकरेनले समान ३ , ड्यानियल डोरमले २ तथा विक्रमजित सिंहले १ विकेट लिए । सिरिज अन्तर्गत मंगलबार क्यानडा र अमेरिकाबीच खेल हुनेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]