1 year ago
August 27, 2024
एजेन्सी – भारतले सन् २०२४ को महिला टि ट्वान्टी विश्वकपका लागि टोलीको घोषणा गरेको छ ।
यो वर्षको जुलाईमा भएको महिला टि ट्वान्टी एसिया कपको फाइनलमा स्थान बनाएको टोलीमा रहेका १५ मध्ये १३ खेलाडीले विश्वकप टोलीमा स्थान बनाएका छन् ।
एसिया कप टोलीमा रहेकि तनुजा कुवँर र उमा क्षेत्रीले विश्वकप टोलीमा समावेश छैनन् । भारतले क्षेत्रीको स्थानमा यास्तिका भाटिया र कुँवरको स्थानमा श्रेयंका पाटिललाई टोलीमा समावेश गरेको छ ।
समूह ‘ए’ मा रहेको भारतसँगै अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन् । भारत पहिलो पटक महिला टि ट्वान्टी विश्वकप को उपाधि जित्ने लक्ष्यमा छन् । महिला टि ट्वान्टी विश्वकपको ८औं संस्करण सकिदा भारत १ पटक फाइनल पुगेको छ ।
शारजाहमा अक्टोबर ३ देखि सुरु हुने प्रतियोगिताको फाइनल अक्टोबर २० मा दुबईमा हुनेछ । भारतले अक्टोबर ४ मा दुबईमा न्युजिल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भारतले ६ अक्टोबरमा पाकिस्तानसँग दुबई मैदानमा नै खेल्नेछ ।
महिला टि ट्वान्टी विश्वकपका लागि भारतीय टोली
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना (उपकप्तान), यस्तिका भाटिया, शेफाली वर्मा, दीप्ति शर्मा, जेमिमा रोड्रिगेज, ऋचा घोष, पूजा वस्त्राकर, अरुणधति रेड्डी, रेणुका सिंह, डी हेमलता, आशा शोभना, राधा यादव, श्रेयांका पाटिल, सजीवन सजना
ट्राभल रिजर्व : तनुजा कुंवर, उमा छेत्री, साइमा ठाकोर
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]