default_image

1 year ago

August 27, 2024

क्यानडामाथि अमेरिकाको जित

408 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा क्यानडामाथि अमेरिकाले जित हात पारेको छ । सिरिजको पाँचौ खेलमा मंगलवार अमेरिकाले क्यानडालाई २० रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो ।

क्यानडाका लागि दिलप्रित बाज्वाले ४१ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५६ रन जोडे । श्रेयस मोभ्भाले ३० बलमा ३७, डिलोन हेलिङ्गरले ११ बलमा २० तथा हर्ष ठाकरले १३ रन बनाए । अमेरिकाका नोस्तुश केङजीके, शाड्ली भान र आरोन जोन्सले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल बनाएको थियो ।

अमेरिकाका साईतेजा मुकामुल्लाले २७ बलमा ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५२ रन जोडे । हरमित सिंहले २४, कप्तान मोनांक पटेलले १६, आन्द्रेस गौसले २१, नितिश कुमारले १४ तथा सयन जाहाङ्गीर र शाड्ली भानले समा १५ रन बनाए ।

क्यानडाका लागि साद विन जाफरले ३, डिलेन हेलिङ्गरले २ तथा कलिम सानाले १ विकेट लिए ।

सिरिजको छैटौं तथा अन्तिम खेलमा बुधबार नेदरल्यान्ड्स र अमेरिकाबीच खेल हुँदैछ । त्यो खेलको विजेता टोलीले नै सिरिज जित्नेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.