default_image

1 year ago

August 28, 2024

सिएमसी इण्डोर कर्पोरेट कप यसै साता सुरु हुने

587 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघ (सिएसी ) को आयोजनामा प्रथम सिएमसी ‘इण्डोर कर्पोरेट कप’ लिग क्रिकेट प्रतियोगिता यसै साता सुरु हुने भएको छ ।

चितवन मेडिकल कलेज (सिएमसी) को मुख्य प्रायोजनामा भदौ १४ गते सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको बुधवार पत्रकार सम्मेलनमा सिएसीका अध्यक्ष सुदिप पियाले जानकारी दिए।

पियाका अनुसार प्रतियोगितामा चितवन र नवलपुरका १६ वटा कर्पोरेट टोलीले भाग लिनेछन्। संघ र यहाँका कर्पोरेट संस्थाहरुसंग सम्बन्ध मजबुत बनाउनुका साथै चितवनको टोलीलाई‌ भारतको‌ मुम्बईमा सहभागी गराउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको पियाले बताए ।

सिएमसी प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप देवकोटाले स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई सार्थकता तुल्याउन क्रिकेटमा सहयोग गरिएको बताए ।

उनले विगतमा पनि अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न खेलकुदका कार्यक्रममा सहभागिता जनाएको भन्दै यसलाई निरन्तरता दिने स्वरुप यो प्रतियोगितामा सहकार्य गरिएको बताए ।

सिएमसीले यसअघि चितवनमा पहिलोपटक नारायणी इभेन्ट्सको सहकार्यमा चितवन प्रिमियर लिग (सिपिएल) क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।

सिएसीका सल्लाहकार एवं सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङका प्रिन्सिपल वाइबी पौडेलले खेलकुद क्षेत्रमा मेडिकल क्षेत्रबाट पनि सहकार्य हुनु राम्रो पक्ष भएको बताए ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेता र उपविजेताले पाउने ट्रफी सार्वजनिक गरिएको थियो । प्रतियोगिताको विजेताले ५० र दोस्रो हुने टोलीले २५ हजार प्राप्त गर्नेछ ।

सोही अवसरमा यस्तै प्रतियोगिता आयोजनाका लागि सिएमसी र सिएसीबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । प्रतियोगिता भरतपुर–३, स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा हुनछ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.