1 year ago
August 29, 2024
एजेन्सी – वेस्ट इन्डिजका तीव्र गतिका बलर शैनन गेब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् ।
३६ वर्षीय गेब्रियलले बुधबार इन्स्टाग्राममा एक पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । उनले ५९ टेस्ट, २५ ओडिआई र २ टि ट्वान्टी आई खेल्दै कुल २ सय २ विकेट लिएका छन् ।
गेब्रियलले इन्स्टाग्राममा लेखेका छन्, ‘विगत १२ वर्षमा मैले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने जुन अवसर पाए । देशका लागि माथिल्लो स्तरमा खेल्दा मलाई अपार आनन्द मिलेको छ । तर भनिन्छ, सबै राम्रो कुराको अन्त्य हुनै पर्छ। आज म अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दैछु ।’
गेब्रियलले पछिल्लो पटक सन् २०२३ को जुलाईमा वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका थिए । त्यसपछि उनी ट्रिनिडाड र टोबागोबाट खेल्दै घरेलु क्रिकेटमा सक्रिय छन्। गत वर्ष उनी अबुधाबी टि टेनमा पनि सहभागी भएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]