1 year ago
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय कार्यसमिति बैठकले देशका सबै ७ प्रदेश क्रिकेट संघका कुल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ ।
क्यानको विहीबार बसेको बैठकले हरेक प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । क्यानले बजेट उपलब्ध गराउने भएपनि प्रदेश आफैंले नै खेलाडीसँग सम्झौता गर्ने पनि निर्णयमा उल्लेख छ ।
यसबाहेक विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ तथा अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँले प्रोत्साहन भत्ता दिने निर्णय क्यानले गरेको छ ।
यस्तै, क्यानले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान लेख बहादुर क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्ताजा हलुवारी रहेको राष्ट्रिय छनोट समितीको निमार्ण गरेको छ । यसका लागि क्यानले केही समय अगाडी आवेदन मागेको थियो ।
बैठकले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा ८ टोली सहभागीता गराउने निर्णय पनि गरेको छ । पहिलो संस्करणको लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । लिगमा रहने टोलीको नाम टोली मालिकको नाम भने सार्वजनिक भएको छैन ।
अन्य निर्णय हेर्नुहोस्:


December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]